धरान / मापदण्ड नै नपुगेका व्यक्तिलाइ पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशकमा उपकुलपति यादव कोइरलाले नियुक्ति गरे पछि विश्वविद्यालय विवादमा आएको छ ।
लिष्टमा भएका योग्य व्यक्तिलाई पाखा लगाएर योग्यता नै नपुगेका विपेश आचार्यलाई नियुक्ति गरेर गत साउन १८ गते हतार हतार पदस्थापन गराइएको छ ।
विवादित नियुक्ति भएकाले निर्देशक आचार्यले पेश गरेका प्रमाणपत्र र अन्य सबै कागजातहरु छानबिन गरेर सार्वजनिक गर्नुपर्ने माग विश्वविद्यालयका कर्मचारीहरुले पनि आन्तरिक रुपमा उठाउँदै आएका छन् ।
मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा रहेको एक सय शैयाको शिक्षण अस्पतालका लागि छनौट समितिको सिफारिसअनुसार भन्दै साउन १५ गते कार्यकारिणी समितिले निर्देशक आचार्यलाई सुटुक्क नियुक्त गरेको थियो । गत मंसिर १२ गते विज्ञापन प्रकासन गरेरअस्पताल निर्देशक माग गरिएको थियो ।
तर उक्त नियुक्ति मापदण्डअनुसार नभएको भन्दै कर्मचारीहरुले नै उनको प्रमाणपत्र सार्वजनिक गरेर छानबिन गर्न माग गदैं आएका छन् ।
उपकुलपति यादवले दवाव र प्रलोभनमा परेर योग्य प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदै मापदण्ड विपरित डा.विपेश आचार्यलाई नियुक्त गरेको आरोप लागेको छ । प्रतिस्पर्धामा अन्य अस्पतालमा अस्पताल निर्देशक भएर लामोअनुभव संगालेको सहप्राध्यापक स्तरका अन्य प्रवल दाबेदार प्रतिष्पर्र्धीहरु र विश्वविद्यालयमै कार्यरत प्राज्ञिक पद भएका प्रतिीहरुलाई पन्र्छािइएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ बर्ष सहायक अस्पताल निर्देशक भएर काम गरि सक्नु भएका सह -प्रध्यापक डा.विकास साहले पनि उक्त पदमा आवेदन दिनु भएको थियो । हाल कोभिड अस्पतालको फोकल परसनको रुपमा कार्यरत विकास साहको सबै मापदण्ड पुग्ने र अनुभवमा पनि राम्रो खारिएको व्यक्ति भएकाले पहिलो नं.मा डा. साहको नाम भए पनि योग्यता नै नपुगेका आचार्यलाई नियुक्ति गरिएको छ ।  
प्रकाशित विज्ञापनमा निर्देशकको योग्यता चिकित्सा शास्त्रमा एमडी वा एमएस उत्तीर्ण गरी मेडिकल काउन्सिलमा दर्ता भै उपप्राध्यापक सरहको अनुभव भएको र चिकित्सा महाविद्यालय सम्बन्धी प्रशासनको अनुभव भएको हुनुपर्ने उल्लेख थियो । डा. साहले आफु उक्त पदका लागि योग्य भए पनि नपाएकाे बताउनु भयो ।

दोस्रो पटक निर्देशकमा नियुक्त भएका डा आचार्य पूर्वाञ्चल विश्वविद्यालयको अस्पताल निर्देशकमा तीन वर्ष पहिले काँग्रेस कोटाबाट ठाडो तोक आदेशमा निर्देशक नियुक्ती हुनु भएको थियो । उहाँको उपप्रध्यापक उपाधीमा कर्मचारीहरुले प्रश्न उठाउदैं आएका छन् ।
उपकुलपति कोइरालाले नियुक्तीको जिम्मा छनौट समितिको सिफारिस अनुसार कार्यकारिणी समितिबाट निर्देशक आचार्यलाई प्रतिस्पर्धा गराएरै नियुक्त गरिएको दावी गदैं आउनु भएको छ ।