धरान / उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनेका मेचीनगर–१० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई उद्धार गरेर नेपाल ल्याइ थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको छ ।
आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटलमा लगिएको थियो । बिपी प्रतिष्ठानमा भर्नाका लागि त्यस बेला ल्याइए पनि बाल सर्जन डा. राजेस साह विदामा भएकाले अन्यत्र लान सल्लाहा दिइएको थियो । तर दलालहरुले उनलाई सिलिगुरी पु¥याएको बताइएको छ ।
झापाका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेर सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो ।
सिलिगुडीको हस्पिटलमा ६ लाख ८ सय खर्च भएको छ । दूई लाख भने परिवारले भुक्तानी गरेको र बाँकी ४ लाख ६८ हजार रहेको छ ।
बच्चालाई अक्सिजन सपोर्टमै बिपी प्रतिष्ठान ल्याइएको छ । शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएको कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ । पिआइसियुमा राखेर उपचार भइरहेको प्रतिष्ठानका बाल रोग सर्जन डा. राजेस साहले जानकारी दिनु भयो ।
गरीवीका कारण नेपालमा भइरहेको उपचारको खर्च समेत व्यहोर्न सक्ने चौधरी परिवारसँग आर्थिक क्षमता छैन । न्यून आय भएका चौधरी परिवारलाई छोरा बचाउन सकस परेको छ । मेचीनगरका सामाजिक अभियान्ताहरु विजय डालमिया, ज्ञानेन्द्र निरौला, बिपी भट्राई, पत्रकार मोहन काजी र देवेन्द्र कार्कीको सकृयतामा उक्त शिशुलाई प्रतिष्ठानमा उपचार गराइरहेको शिशुकी आमा शर्मिला चौधरीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएको थाहा भए पछि उपचारमा संलग्न डा. राजेश साह, विभागीय प्रमुख डा. प्रकास पौडेल, डा. नारायण भट्टराईलगायतले बच्चालाई उपचारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंहले बच्चालाई उपचारको क्रममा लाग्ने औषधी उपलब्द गराउने बताउनु भएको छ । केही औषधी मंगलबार विरामीको आफन्लाई हस्तान्तरण समेत गर्नु भएको छ । बालबालिकाको डा. साथी पुस्तकका लेखक डा. अरुणले असाहाय बालबालिकाहरुलाई सहयोग गदैं आउनु भएको छ ।
शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दाताहरुसँग अपिल गर्नु भएको छ । शिशुको पुन शल्यक्रिया पर्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।235433713_1166969467144750_1565312622073225915_n