धरान / गीत, संगीतमा क्रियाशिल धरानका युवाहरुले एजिज ब्याण्ड स्थापना गरेर नयाँ म्युजिक भिडियो बनाएका छन् ।

ब्याण्ड स्थापना गरेको एक बर्ष पछि ब्याण्डले ‘बचाईदेउ’ बोलको गीत रेकर्ड गरेको छ । मंगलबार म्युजिक भिडियोसमेत सार्वजनिक गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋर्षि चाम्लिङले ल्यापटपबाट गित बजाएर म्युजिक भिडियो सार्वजनिक गर्नुू भएको थियो ।

 एजिज ब्याण्डमा को अर्डिनेटर एवं भोकलिष्ट मनकुमार लिम्बु रहनु भएको छ । लिड गिटारिष्ट सन्तोष लिम्बु, ड्रमर प्रमोद लिम्बु, बेस गिटारिष्ट मनुहाङ राई र मेनेजर तथा एरेञ्जर आइमन राई रहनुभएको छ ।

विगतमा ब्याण्डका सदस्यहरुले कभर गीत गाउदै आएका थिए । यो समुहले करिब १० बर्षसम्म कभर गीत गाउदै, कन्सर्टहरुमा प्रस्तुती आएको थियो । पहिलो गित चर्चामा आए पछि उहाँहरुले थप दुई वटा गित निकाल्ने तयारी गरेको मंलगबार पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।