धरान / जन्मदैं आन्द्रा कलेजो पेट बाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सफल शल्यक्रिया भएको छ ।
भोजपुरर सिद्धेशवर गाउँपालिका–४ मान्द्रेकी सन्ध्या विकले जन्माएको शिशुको शल्यक्रिया गरिको हो । भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मीएका शिशुको गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । जन्मेको दुई दिन पछि भर्ना गरिएको शिशुलाई एक महिना प्रतिष्ठानको एनआइसियुमा राखेर प्रतिष्ठानका बाल रोग सर्जन डा. राजेश साहको टिमले शल्यक्रिया गरि बाहिर निस्किएको आन्द्रा कलेजो मिलाउनु भएको थियो । १२ हजार शिशुमा एक जना शिशुमा यस्तो समस्या आउने डा. राजेसले बताउनु भयो । ‘विभिन्न कारणले जन्मनु भन्दा अगाडी पेट राम्ररी बनि नसकि बच्चा जन्मदा यस्तो समस्या आउने गर्छ । यस्तो समस्यालाई मेडिकल भाषामा ग्यास्ट्रोजचेसिज भनिन्छ ।’–बालरोग सर्जन साहले भन्नु भयो ।
शिशुको नाइटोबाट पुरै आन्द्राहरु बाहिर निस्किएका थिए । १५ दिन प्लाष्टिक व्याग सिलाेमा हालेर एनआइसियुमा राखेर शल्यक्रिया गरिएको थियो ।   जन्मदा नानीको स्वरुप नै विग्रिएको अवस्थामा भएको शल्यक्रिया पछि शिशु राम्रो भएको शिशुका बुवा नवराज परियारले बताउनु भयो । शल्यक्रिया पछि घाउ पाकेकाले बुधबार चिकित्सकको सल्लाहा अनुसार फलोअपमा आएको नवराजले बताउनु भयो ।
जन्मदैं शरिरका अंग नबनेका, एक स्थानमा हुने अंग अर्को स्थानमा भएका जस्ता गम्भीर समस्याको शल्यक्रिया पूर्वमा बिपी प्रतिष्ठानमा मात्र हुदैं आएको छ । ५ बर्ष अघि बाल सर्जन डा. राजेस बिपी प्रतिष्ठान आए पछि यस्ता गम्भीर प्रकृतिका समस्या भएका बच्चाको उपचार सहज र सुलभमा हुदैं आएको छ । यहाँ उपचार नहुँदा भारत तथा काठमाडौको महगो अस्पतालमा उपचार गराउदाँ विरामीको आफन्तको लाखौ खर्च हुदैं आएको थियो । बिपी प्रतिष्ठानले शल्यक्रिया शुल्क १३ हजार मात्र लिदैं आएको छ । औषधी तथा अन्य सबै गरेर प्रतिष्ठानमा ५० हजारमा उपचार हुने गरेको छ । तर काठमाडौ तथा भारतका अस्पतालमा लादा ६/७ लाख खर्च हुने गरेको छ ।