धरान / सुनसरीको इनरुवा नगरपालिका ४ पूर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार ५ जनालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार सप्तरी हनुमाननगर कंकालिनी –१४ का २० बर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोलारी –४ का २० बर्षीय इनरकुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोदकुमार कामत, सप्तरी तिलाठी कोलारी– ४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी– ४ का २२ बर्षीय फुलकुमार मुखियालाई फक्रउ गरिएको हो ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोदकुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो । सोमबार बेलुका ८ बजे बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो ।
ब्राउन सुगर फेला परे पश्चात थप अनुसन्धानको लागी कार सहित ाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।