• उतम अाचार्य

सप्तरी / सप्तरीको कञ्चनरुप स्थित सुन्दरी फुलमा ट्रक पल्टिदा ८ वटा गोरु मर्नुको साथै चालक सहित ५जना गम्भिर घाइते भएका छ्न । पुर्व पश्चिम लोक मार्ग अन्तर्गत कञ्चनरुप रुपनगर खण्डमा विहिवार विहान करिव ५ः३० बजेको समयमा पुर्वबाट पश्चिमजादै गरेको ना. ६ ख.१७०५ नम्वरको फुलडाला ट्रक पुलबाट १५फिट तल खोलामा खस्दा ट्रकमा लोड गरेका ८ वटा गोरु मरेका छन भने ट्रकमा रहेका ५ जना घाईते भएका छन ।
सर्लाही विर्ताका गोरु ब्यापारी ५५ बर्षिय किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली कटेको छ भने रामेछाप लखनपुर ९ का ३५ बर्षका चालक रत्न लामाको टाउकोमा गम्भिर चोट लागेको छ , चितवन घर भएका सहचालक बर्षृ २० का सुशिल थपलियाको छातिमा चोट लागेको छ साथै अर्का भारतिय नागरिक २७ बर्षिय मो.नसिमको खुट्टा भाचिएको छ भने १ जना भने समान्य धाईते भएको जनाइएको छ ।
स्थानिय धर्मेश्वर अस्पतालमा उपाचार सम्भाव नभएका पछि , थप उपचार का लागि विराटनगर गोलडेन हस्पिटल पठाइएको स्थानिय धर्मेश्वर अस्पलात डा. दिलीप कर्णले जानकारी दिनु भएको छ