धरान / सुनसरीका मिडिया हाउसका सञ्चालक तथा प्रकाशकहरुले पछिल्लो समय मिडियामा देखिएको आर्थिक मन्दी र सामाजिक सुरक्षाको सवालमा नेपाल पत्रकार महासंघ गम्भीर हुनु पर्ने बताएका छन् ।
सोमबार नेपाल पत्रकार महासंघ केन्द्रको सहयोग तथा सुनसरीको आयोजनामा धरानमा भएको ‘मिडियाहरुमा समावेसिता विषयक’ विषय छलफलमा यस्तो बताएका हुन ।
कार्यक्रममा उपस्थिति मिडिया हाउस सञ्चालकहरुले कोरोना प्रभावल विशेष गरेर साना लगानीका मिडिया हाउसहरु धारासायी भएको बताउदैं सवल मिडिया हाउसले मात्र आफ्नो मिडिया हाउसलाई समावेसिता बनाउन सक्ने धारणा साखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवहाक अध्यक्ष रमेश विष्टले यो विषम परिस्थितिमा पनि मिडियाको अवस्थाबारे बुझन र मिडियामा समावेसिताबारे अध्ययन गर्न सुनसरीमा यस्तो कार्यक्रम राखिएको बताउनु भयो । छलफलमा उठेका विषयलाई आगामी भदौ ६ गते पोखरामा हुने केन्द्रीय कमिटीको बैठकमा एजेण्डाको रुपमा उठान गर्ने बताउनु भयो । मिडियामा समावेसिताका लागि पत्रकार महासंघले अभियान चलाउने र दक्ष जनशक्ति उत्पादनमा महासंघले ध्यान दिने उहाँले बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य सरिता बराइली, अमर खड्काले पत्रकारका व्यवसायी सुरक्षा, आर्थिक समस्याबारे महासंघले गम्भीर भएर छलफल गर्ने बताउनु भएको थियो । महासंघ प्रदेश कमिटी सचिव देवेन्द्र कार्कीले ठूला मिडियाहरुको समाचार कक्ष समावेसि हुन नसकेकाले दलित आदीवासी जनजाती,महिलालगायतको नेतृत्व तहमा उपस्थितिका लागि सूचना तथा सञ्चार मन्त्रालय जिम्मेवार हुनु पर्ने बताउनु भयो । उहाँले मन्त्रालयले लिने दरवन्दी तथा कर्मचारी विवरणमा समावेसिता भए नभएको हेरेर मात्र स्वीकृत गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा अग्रज पत्रकार हर्ष सुब्बाले समावेसिताको कुरासँगै दक्षजनशक्ति महत्वपूर्ण पक्ष हुने बताउनु भएको छ । पत्रकार महासंघले मिडिया हाउसहरुलाई बलियो बनाउने योजना ल्याउनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा विभिन्न सञ्चार गृहहरुका सम्पादक प्रकाशकहरुले आफ्नो मिडियामा भएको समावेसिताबारे जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको अध्यक्षतामा भएको छलफलको सहजिकरण सहसचिव भोला श्रेष्ठले गर्नु भएको थियो ।