धरान / सुनसरी कोशी गाऊपालिका-५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नया घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खाल नै सहित लड्दा एक जना मस्त्रिको घटनास्थलमानै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईनरुवा नगरपालिका –१० जल्पापुरका ३७ बर्षीय इशादिल अंसारी रहेका छन् । आज दिउसो १ बजे भएको सो घटनामा सुनसरीको देवानगंज गाऊपालिका –३ का २४ बर्षीय मो सतार अंसारी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेको अस्पताल इनरुवा सुनसरीमा उपचार भईरहेको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो ।