धरान / भनिन्छ नेपाल प्रहरी विश्वको सुरक्षा निकाय भन्दा अनुसन्धानमा अव्वल छ । प्रहरीले चाहयो भने अपराधीलाई जसरी पनि निकाल्छ । गत बैशाख २८ गते धरान– १६ नौलो बस्तीका निशान राई र आशिष श्रेष्ठ माथि खुकुरी प्रहार भयो । उनीहरु सख्त घाइते हुनु भयो ।
बिकेश तामाङसमेतको समुहले उहाँहरु माथि आक्रमण गरेको खुल्यो । तर दिन दहाडै ३ बजे दिउँसोको समयमा भएको घट्नाका दोषी बिकेश तामाङसहित अन्यहरु फरा भएका थिए ।
प्रहरीले ती फरार भएका धरान –१३ बस्ने बर्ष २० को तोरि भन्ने बिकेश तामाङ र सोही स्थान बस्ने बर्ष १९ को गम्बो भन्ने समिर तामाङलाई घट्नाको ४ महिना पछि साउन २२ गते पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले पक्राउ गरि उपर ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान शुरु गरेको छ । प्रहरीले उनीहरुलाई निरन्तर खोजी रहेको थियो ।