धरान / सुनसरीको इटहरी – २ स्थित राजदेवी टोलको पेङ दोर्जी मार्ग ग्रावेल गरिएको भित्री सडक खण्डमा ग्रिनेट फेला परेको छ ।
एक बालकले सडकमा खेल्ने क्रममा फेला परेका थिए । डल्लो बस्तु (प्लास्टिक हेण्ड ग्रिनेड) भएको इलाका प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले जानकारी दिनुभयो ।
प््रहरीका अनुसार ११ बर्षीय फविन राना मगरले प्लाष्टिक हेण्ड ग्रिर्नेट फेला पारी तत्काल सामुदियक प्रहरी विट हवाई चौकलाई जानकारी गराएका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय ईटहरीवाट टोली खटी आवश्यक सुरक्षा व्यवस्था मिलाई डिस्पोजका लागी तत्कालै नेपाली सेनाको न। २ वाहिनी इटहरी अन्तर्गतको कृष्णदल गणलाई जानकारी गराएको थियो ।
सो गणवाट खटेको नेपाली सेनाको वम डिस्पोजल टोलीले उक्त हेण्ड ग्रिर्नेट सुरक्षित साथ डिस्पोज गराएको ढिएसपी केशीले जानकारी दिनुभयो ।
मिक्स गिटीमा मिसिएर आएको हुनसक्ने देखिएकोले मिक्स गिटी ल्याईएको सेउती खोलामा समेत सुरक्षा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । उक्त मिस गिटी धरानबाट बगेरआएको सेउती खोलाबाट ल्याइएको थियो । सोहीस्थानबाट आएको आसंकामा प्रहरीले गिटी निकाल्न बन्द गरेर सर्च अभियान शुरु गरेको छ ।