धरान / धरान १७ का टेम्पो चालक काजी खत्रीकी छोरी केविका खत्री नेपाल टेलिभिजनबाट प्रसारण हुने राष्ट्रिय नृत्य प्रतियोगिता “रिओ छमछमी ३” को ७ औं स्थानमा पुगेकी छिन् र उपाधी चुम्ने लक्ष्य लिएकी केबीकाले सबैको भोटिङ सहयोगको अपेक्षा गरेकि छिन् । वुधबार राती ८ः ५० वजेदेखि प्रशारण भएको कार्यक्रममा उनले आफ्नो प्रतिभा पस्कदै सातौंमा उक्लीएकी हुन् अब छैठौं स्थानमा उक्लनका लागि देशभरीबाट मोवाइलबाट म्यासेज भोट गर्नु पर्ने छ । मोवाइलमा cc<space>03 type गरी 34343 मा पठाउनु पर्ने छ । भोटिङ लागि वुधबार राती १० वजेदेखि आइतबार विहान १० वजे सम्म समय तोकिएको छ । 
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अञ्चल सदस्य समेत रहेका काजी खत्रीकी छोरी रहेकी केबीकालाई देशभरीबाट सबैले भोट गरी सहयोग गरिदिन उनले आग्रह गरेका छन् । केविका खत्री जिताउ अभियान सफल वनाउन संगठनले अभियान चलाउने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर संगठन कमिटीका अध्यक्ष कमल भट्टराईले वताए ।