सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू
कुलपति¸बिपिकोस्वाविप्र¸ धरान ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ध्यान दिनुहोस्
सरकारी लगानीमा सञ्चालित धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकीत्सक, नर्स, कर्मचारी तथा विद्यार्थीहरु विगत ५१ दिनदेखि ूप्रतिष्ठानको शुद्धीकरणू आन्दोलनमा छन् । धैर्यको परीक्षाको पनि सीमा हुन्छ । आन्दोलनरत पक्षले आफ्ना कर्त्तव्यहरुलाई अहिलेसम्म नबिर्सिकनै र काममा बाधा नपारी यो प्रतिष्ठानमा भएका अनियमितता विकृति र विसंगतिका विरुद्धको आन्दोलनलाई पर्वत चैं अविचल उभ्याएका छन् । उनीहरुको यो नम्रता र शालीनतालाई लाचारी ठान्ने धृष्टता नगरियोस् भन्ने मेरो आग्रह छ । सरकार ११ अविलम्ब आन्दोलनरत पक्षसंग टेबुलमा बस र समस्याको समाधान गर ।
सर्वोच्च अदालतले यहाँलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि राज्यका तमाम चुनौतिहरु सरह उच्च प्राथमिकताका साथ हेरेर यो प्रतिष्ठानको समस्या समाधानको पहलका लागि सचिव श्री वैकुण्ठ अर्यालको अध्यक्षतामा एक छानविन समिति निर्माण गरेर यहाँले देखाउनु भएको तदारुकता र तत्परताको हामी धराने जनता धेरै प्रशंसा गर्दछौँ । हामी आशावादी छौँ कि यो समितिले विपि प्रतिष्ठान सुधारका पक्षमा सकारात्मक प्रतिवेदन दिनेछ र त्यसको कार्यान्वयनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूले उत्तिकै तत्परता र इमानदारी देखाउनु हुनेछ ।
हुन त यस अगाडि यो प्रतिष्ठानको सुधारका लागि गठन भएका थुप्रै समितिहरुले बुझाएका प्रतिवेदनहरु आजसम्म सरकारले न सार्वजनिक गरेका छन् न लागु नै भएका छन् । त्यही सिलसिलाको फगत एउटा कडी नबनोस् अर्याल प्रतिवेदन पनि भन्ने हाम्रो अनुरोध छ ।
संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका प्रतिष्ठान परिवारका योद्धाहरुलाई धरानको पूर्ण समर्थन साथ र सहयोग रहिरहने छ । किन भने आन्दोलनकारीले धराने जनताका पक्षमा आवाज उठाएका छन् । प्रतिष्ठानका सेवाग्राहीका पक्षमा प्रतिष्ठान भित्रबाटै आवाज उठेको इतिहास मै शायद यो पहिलो पनि हो । उनीहरुको आवाजमा सेवाग्राहीको माग यसरी घोलिएको छः
उपचार सेवामा भएका लापरबाही बन्द हुनुपर्छ ।
सबै उपकरणहरु चुस्त र दुरुस्त हुनुपर्छ ।
गुणस्तरीय उपचार उपलब्ध हुनुपर्छ ।
भ्रष्टाचार रोकिनु पर्छ र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्छ ।
अनिययमितता बन्द हुनुपर्छ ।
पठनपाठन गुणस्तरीय हुनुपर्छ ।
शिक्षा र स्वास्थ्यमा राजनीतिकरण बन्द हुनुपर्छ ।
योग्यता र क्षमताको कदर हुनुपर्छ ।
तसर्थ सम्माननीय प्रधामन्त्रीज्यू
डाक्टर नर्स कर्मचारी र विद्यार्थीहरुलाई काम छोडेर सडकमा संघर्ष गर्न जान वाध्य नपारिदिनुहोस् । उहाँका आवाजलाई यो ७२ घण्टाको शून्य समय भित्र सम्बोधन गरेर जिम्मेवार सरकार भएको उदाहरण प्रस्तुत गर्नुहोस् ।
तपाइ कै मुलुकको धराने जनताका तर्फबाट
राजेन्द्र शर्मा
संयोजक
नागरिक दबाव सञ्जाल¸ धरान

(राजेन्द्र शर्माकाे  फेसबुक वालबाट)