धरान / सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालिले भित्राएको बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर धरानमा पनि लन्च गरिएको छ ।
निषेधाज्ञा कै समयमा नेपाल आएको उक्त स्कुटरको धरानमा आधिकारीक विक्री नव दुर्गा अटो प्यालेसले आइतबारदेखि सुरु गरेको हो ।
आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले स्कुटीको लन्च गर्नु भयो । धरानको सडकमै ढाकिने तथा फोहोर बनाउने गरि सञ्चालन भएको ग्यारेज एवं वर्कसपहरुलाई व्यवस्थित गर्न धरानमा छुट्टै अटो जोन निर्माण गरिने पनि मेयर राईले बताउनु भयो ।
धरान उपमहानगरपालिकाले वडा नं १५, ६ र ५ को सिमाना पर्ने सेउती खोला पश्चिमपट्टी करिब २ बिघा जग्गामा अटो जोन बनाउने योजना अघि सारेको उहाँले जानकारी दिनु भयो ।
यस्ता छन् बीएस ६ प्रविधिको एक्सेस स्कुटरको विशेषता
सुजकी एक्सेस स्कुटर नेपालमा सफल स्कुटरको रुपमा रहेको छ । एक्सेस स्कुटरमा अगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आराम्दायक यात्रा गर्न सहज हुनेछ । यो स्कुटरको अगाडि भागमा स्टिलको कभर प्रयोग भएको छ । यसले स्कुटरलाई दैनिक प्रयोग गर्न निकै उपयोगी बनाएको छ । साथै, सुजुकी स्कुटरको मर्मत खर्च पनि अन्यभन्दा कम रहेको अटो प्यालेसले दावी गरेको छ ।
हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयर कुल्ड जडित इन्जिन प्रयोग गरिएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटर बीएस ६ मापदण्ड अनुसार तयार भएको हो । एफआई प्रविधि युक्त यो स्कुटरले उत्कृष्ट माइलेज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । यसमा रहेको इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ ।
एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुविधाले चालकलाई सहज बनाउँछ । सुजुकी स्टार्ट सिस्टम, किक र सेल्फ दुबै स्टार्ट, २२ लिटर क्षमताको स्टोरेज, दुबै चक्कामा अलोय ह्वील यसका प्रमुख फिचर भएको अटो प्यालेसका सञ्चालक दुर्गा भूजेलले जानकारी दिनु भयो ।
‘१६० एमएमको ग्राउन्ड क्लियरेन्स, पूर्ण डिजिटल क्लष्टर, विभिन्न चार कलर अप्सन यसको वलियो पक्ष हो । यसको मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँ तोकिएको छ ।’–उहाँले भन्नु भयो । यो स्कुटर भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटरमा पर्छ । विगतमा पनि मध्यम वर्गले अत्यधिक रुचाएको स्कुटरमा सुजुकी एक्सेस पर्छ भने व्यवसायिक प्रयोजनमा पनि निक्कै रुचाएको स्कुटर हो । रातो, निलो, खैरो र कालो गरि ४ कलरमा रहेको यो स्कुटरले प्रतिलिटर ५० किलोमिटर माइलेज दिनेछ । साउन महिनाभरि नगदी खरीदमा १० हजार छुट दिइने अटो प्यालेसले जनाएको छ । 
बीएस ६ प्रविधिको एक्सेस स्कुटरको विक्रिलाई मध्यनजर गरेर अटो प्यालेसले साउन १७ गतेदेखि साउन २२ गतेसम्म एक्चेन्ज अफर समेत राखेको छ । कुनै बाइक ल्याए सुजुकी उत्पादन खरिद गर्न चाहे बजार मुल्यमा थप १५ हजार दिने प्यालेसले जनाएको छ । सुजुकीको उत्पादन लिनेलाई सिट कभर, बाइक कभर, हेल्मेट र लेगगार्ड उपहार दिने सञ्चालक भुजेलले जानकारी दिनु भयो ।