धरान । धरानको खोपकेन्द्र अन्र्तगत रहेका सबै वडामा आलोपालो गरेर कोरोना विरुद्धको खोप लगाईने निर्णय भएको छ ।
विगतमा आफ्ना कार्यकर्ताहरु, आफन्तहरुलाई खोप दिएको भन्ने व्यापाक जनगुनासो आए पछि धरान उपमहानगरले खोपलाई व्यवस्थि तगर्न लागेको हो ।

आइतबार मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले धरानमा सात स्थानमा खोपकेन्द्र तोकिएको छ । सात वटा खोप केन्द्रलाई नै लक्षित गरेर त्यहाँ परिचालन गरिएका स्वास्थ्यकर्मीबाट दिन बिराएर वडागत रुपमा खोप लगाउन व्यवस्था गरिने निर्णय भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।
स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार कार्यपालिकाको बैठकमा कोभिड १९ खोपसँग सम्बन्धित विषयहरु निर्णय गरेको, जस अन्र्तगत विगतमा सञ्चालन भएका खोप कार्यक्रमको समिक्षा गर्दै आगामी दिनमा खोप कार्यक्रमलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा समिक्षा भएको थियो ।
यस्तै, कार्यपालिका बैठकमा विद्यालय सञ्चालन तथा शुल्क निर्धारण सम्बन्धमा पनि छलफल भएको थियो । बैठकले गत वर्ष भएकै निर्णयलाई पारित गरेको छ । शिक्षा तथा खेलकुद महाशाखा प्रमुख रत्न कट्वालका अनुसार विद्यालयहरुले वार्षिक शुल्कको हकमा ५० प्रतिशत मात्र शुल्क लिन पाउने छन् भने अनलाईन कक्षाको हकमा मासिक शुल्क ५० प्रतिशत मात्र लिन पाउने निर्णय भएको कट्वालले जानकारी दिनु भयो ।