धरान / माध्यमिक शिक्षा परीक्षा(एसइइ) दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर –याडिकल लाईट नेपाल धरानले आयोजना गरेको ‘एसइइ स्पिकर धरान–२०७८, सिजन–१’ उत्कृष्ट ७ जना छनौट हुनु भएकाे छ ।
धरान उपमहानगरपालिका –१३ नम्बर वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा वडा बाल सन्जालको हलमा भएको सेमिफाईनलबाट फाइनलमा प्रबेस गर्नेहरुमा चन्द्र संस्कृति माविका दिपेन भण्डारी, शारदा बालिका नमुना माविका रेजिना बिक, शिक्षा सन्देस आवासिय माविका मौसम पराजुली, ज्वालामुखी माविका अन्कित ढुङ्गाना रहनु भएको आयोजकले जनाएको छ ।
त्यस्तै सरस्वती माविका अभिषेक राई, पब्लिक माविफुश्रेका बिनोद काफ्ले र हिबिस्कस बोर्डिङ स्कुलका सदिक्षा राई पनि फाइनलमा प्रवेश गर्नु भएको छ । गत श्रावण २ गते भएको पहिलो चरणबाट २३ जना सहभागी मध्ये उत्कृष्ट १५ जना सेमिफाईनलमा पुग्नु भएको थियो । ‘सामाजिक सन्जालले विद्यार्थीलाई पारेको प्रभाव’ शिर्षकमा सहभागिहरुले सामाजिक सन्जालको सदुपयोग गर्दा धेरै राम्रो र सकारात्मक प्रभाव परे पनि आजभोली दुरुपयोग धेरै हुन थालेकोले विद्यार्थीलाई नकारात्मक प्रभाव पारी गम्भीर प्रकारका दुर्घटना निम्त्याएको बताएका थिए । संस्थाका प्रबन्धक हिमाल कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताका निर्णायकहरुमा कोशिपत्र राष्ट्रीय दैनिकका सम्पादक एबम महेन्द्र बहुमुखी क्याम्पसका उप(प्राध्यापक राजेस बिद्रोही र समता स्कुल इटहरीका शिक्षक जेपी काफ्ले रहनु भएको थियो ।
प्रतियोगिताको बिजेताले नगद ८ हजार रुपैयासहित राजधानीस्थित जेभियर इन्टरनेसनल कलेजमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रबृत्ती पाउने छ्न भने धरानमा अध्ययन गरेमा युएन नबोदय कलेजमा पूर्ण छात्रबृत्ती पाउने छन।फष्ट रनर अपले ५ हजार रुँपैया नगद सहित जेभियरमा ५० प्रतिशत छात्रबृत्ती पाउने छन भने धरानको धरान मेघा कलेजमा ५० प्रतिशत ५ छात्रबृत्ती पाउने छन।
त्यस्तै सेकेण्ड रनर अपले ३ हजार रुँपैया नगद सहित जेभियर कलेजमा ३० प्रतिशत छात्रबृत्ती पाउने छन भने धरानमा अध्ययन गरेमा सुनाखरी एकेडेमिमा ३० प्रतिशत छात्रबृत्ती पाउने छन।
यसैगरी बेष्ट डिसिप्लिन र बेस्ट पब्लिक चोइसको उपाधी प्राप्त गर्नेलाई सियोन स्कुलमा प्लस टु अध्ययनको लागि ४० प्रतिशत छात्रबृत्ती पाउने छन।त्यस्तै पहिलो र सेमिफाइनलबाट बाहिरिएका सहभागिहरुलाई पनि प्लस टु अध्ययनका लागि धरानका कलेजमा २५ प्रतिशत छात्रबृत्ती प्रदान गर्ने ब्यबस्था गरिएको कार्यक्रम संजक एबम संस्थाका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनु भयो ।

221680921_541177363992636_4113264566257280045_n
महामारीको समयमा लामो समयदेखि घरमा बसेका बिद्यार्थीको ब्यक्तित्व र नेतृत्व बिकास गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको कार्कीले बताउनु भयो । कक्षा १० पार गरेर बसेका विद्यार्थीलाई यस अघि ब्युटी प्याजेन्ट सम्बन्धी प्रतियोगिता आयोजना गरिए पनि ‘एसइइ स्पिकर’ नाम दिएर यस्तो प्रकारको प्रतियोगिता भने नेपालमै पहिलो भएको अध्यक्ष कार्कीले दाबी गर्नु भयो । प्रतियोगीताको फाईनल श्रावण तेश्रो हप्ता हुने आयोजकले जनाएको छ।फाईनल राउण्डका लागि १०० पूर्णाङ्क मध्ये दिइएको शिर्षकमा ७५ अंक र फिल्ड भिजिट गरेर अवलोकन गरि २५ अंक प्रदान गरिने समेत आयोजकले जनाएको छ। उत्कृष्ट ७ जनालाई जीवन उपयोगी शिक्षा,आधारभुत पत्रकारिता, ब्यक्तित्व विकास, तनाब ब्यबस्थापन, करियर निर्माण, साइबर अपराध, डाइनिङ एटिकेट, पर्यटन आदि सम्बन्धी बन्द प्रशिक्षण गराइने कार्कीले जानकारी दिनु भयो । समाजसेवी गङ्गा प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुमेधा एजुकेसन नेटवर्क प्रालिका अध्यक्ष एबम अध्यापक सुरेन्द्र घिमिरे, नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्की, पूर्वान्चल बागिना कलाकेन्द्र धरानका अध्यक्ष एबम गायक भक्तिराज राई, सुनाखरी एकेडेमिका प्रिन्सिपल मिलन राईलगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा गरिमा राईले स्वागत मन्तब्य राख्नु भएको थियो ।

217391761_321145299757645_8422618374763351849_n