धरान / एक विदेशी युवतीलाई यौन शोषण गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय विर्तामोडमा कार्यरत जितेन्द्रनारायण मण्डललाई इलाका प्रहरी कार्यालय इटहरीले सोमबार पक्राउ गरेको हो । उनी विरुद्ध साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपछि अनुसन्धानको लागि मण्डललाई झापाबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका डिएसपी अर्जुन केशीले जानकारी दिनु भएको छ ।
मण्डललाई म्याद थपको लागि मंगलबार सुनसरी जिल्ला अदालतबाट भ्याद थप गरि अनुसन्धान थालिएको डिएसपी केशीले बताउनुु भयो ।
आफ्नै मामाबाट बेचिए पछि प्रहरीको शरणमा पुगेकी २३ वर्षीय म्यानमारकी एक युवतीलाई असई मण्डलले लामो समयदेखि यौन शोषण गरेको भन्दैं मण्डल विरुद्ध साउन ८ गते जबरजस्ती करणीको जाहेरी दिनु भएको थियो ।
मण्डलले ती युवतीलाई पछिल्लो पटक ७७ चैत २८ गते इटहरी ६ स्थित अरुण होटेल एण्ड लजमा जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । त्यस अघि पनि मण्डलले आफूलाई श्रीमती बनाउने भन्दै ४ वर्षदेखि मण्डलले कोठामा राखेर यौन शोषण गरेको बताइएको छ । मण्डल सरुवा भएसँगै भोजपुर, झापा, इटहरी, लौकही गएको बेला जहाँ गयो त्यही कोठामा राख्ने गरेको पीडित युवतीले बताएकी छन् । श्रीमतिको रुपमा उनले ती यसवतीलाई राखेको युवतीको दावी छ । मण्डलकै दबाबमा दुई पटक गर्भपतन समेत गराएको उहाँको भनाई छ ।
ती युवतीलाई १३ वर्षको उमेरमा मामा(आमाका कान्छा काकाका छोरा) मेघराज प्रधानले भान्जीलाई गुवाहाटी घुमाउन लान्छु भनी धरान ल्याएर बेचेको युवतीको भनाई छ । प्रधानले धरानका एक व्यक्तिलाई छाडेको र उसबाट छोरीको जन्मसमेत भएको थियो । हाल उनको साथमा ६ बर्षीया छोरी रहेकीछन् ।
त्यसपछि करिब चार वर्षअघि धरानमा प्रहरी हवल्दार जितेन्द्र (हाल असइ)सँग भेट भएको थियो । जितेन्द्र इलाका प्रहरी कार्यालय धरानमा कार्यरत थिए । प्रधानले छाडेका व्यक्तिले धोका दिए पछि उनी न्यायका लागि भौतारीरहेको अवस्थामा मण्डलसँग भेट भएको थियो । मण्डलले आफु न्याय दिने भन्दैं हिमचिम बढाएको बताइएको छ । ती यवतीलाई श्रीमती बनाउने भन्दै आफू सरुवा भएसँगै कहिले भोजपुर, कहिले झापा, कहिले इटहरी, कहिले लौकहीमा लग्थे र होटलमा राख्थे ।
जितेन्द्र मण्डल झापा सरुवा भएपछि अर्को श्रीमती रहेको थाहा पाएको उहाँ बताउनु हुन्छ । त्यसपछि भने आफू अन्यायमा पारेको भन्दै उहाँ न्यायका लागि धाउन थाल्नु भएको थियो । पछिल्लो समय इटहरी प्रहरीले जाहेरी दर्ता गरे पछि मण्डल पक्राउ परेका हुन ।