पत्रकारिता गरेको लामै समय भएपनि शहरीया परिवेश मेरालागि नयाँ थियो । बजारको नियमलाई उल्घंन गर्दै बिहान ५ बजे अघिनै म उठ्ने गर्दथे । एक दिनको कुरा हो, करिब ६ बजेको थियो पत्रकारिताकै माध्यबाट चिनजान भएका साथी इन्द्रको फोन आयो....... । हेलो तयारी रहनुहै हामी ९ बजे एउटा कार्यक्रममा जानु छ । मैले जवाफ दिए मेरो म्यागजिनको लागि एउटा रिर्पोटिङ्ग गर्ने योजना छ, आज मलाई फुर्सद मिल्दैन हओ । रिर्पोटिङ्ग पनि हुन्छ भिजिटिङ्ग पनि हुन्छ जानुपर्छ है । उनले ढेट गरे पछि मैले स्वीकारे चिनजानी भएको धेरै नभएपनि भेटघाट र उठबसको हिसावले हाम्रो मित्रता गाढा भईसकेको थियो ।
उनी र म बिचमा फरक यती थियो की उनी धनाड्य परिवारमा हुर्किएका थिए, म मध्यम वर्गको मान्छे । उनले दिएको समय हेर्दै म आफ्नो तयारीमा लागे । उनले दिएको समयमा हामी जम्मा भयौँ । उनैको स्कारपियोमा हाम्रो यात्रा अघि बढ्यो । करिब एक सय मिटर पर अरु २ सााथी थपिए, मानौ योजना बनाए जस्तै गरेर चारजना जवानको करिब १ घण्टाको यात्रा पछि सधै झैँ चिया खाने निधो भयो । म तेसताका चियाको निकै पारखी थिएँ । त्यही भएर होला चिया खाने प्रस्तावलाई मैले सहज स्वीकारे । इन्द्रले स्कारपियो हुइक्याए र एक आलिसान महलको गेट भित्र हुले । गेटमा बसेका पहरेले हाम्रो प्रवेशमा स्यालौट मारि रहेका थिए । मलाईपनि यो आलिसान महलको प्रवेश असहज भईरहेको थियो । तर केही योजना होला भनेर बोलेको थिईन । मजस्तै अरु दुई साथी पनि हाम्रो यात्राको गन्तब्य बारे अन्योलमा रहेछन् । ‘स्कारपयिो हलको पार्किंङ्गमा छि¥यो र रोकियो । इन्द्र अघि लागे हामी पछि–पछि । उनकै तालमा हामी तेश्रो तलामा सटासट पुग्यौँ, जहाँ दुबै पट्टि आधुनिक किसिमले सजाएका सफा टेवल र कुर्सीहरु थिए । इन्द्रले त्यही बस्न प्रस्ताव गरे ।
मैले प्रश्न गरे– हामी यहाँ किन आईरहेका हौं ? इन्द्रले हास्दै जवाफ दिए नो प्रोब्लोम । माल हान्ने हो क्या आज । मानौँ उनी रेला गरिरहेका छन् । मैले सोचे पसलका केही सामानहरु लानु रहेछ क्यारे...। माल भन्नाले मलाई दोकानका सामान होला भन्ने लाग्थ्यो । इन्द्र फुर्केईलो पाराले आफ्नै शैलिमा फोनमा बोल्न थाले ।’
‘भान्जी चार थान माल लिएर अस्तिको ठाउँमा आउ है । हाम्रो एक राउन्टको चिया नसकिँदै हल्का मेकअपमा सजिएका सेतो र खैरो कपाल फररर छाडेका छोटो स्कट र जालिदार कमिज लगाएका चार युवतीको प्रस्थान भयो ।
इन्द्रले उनीहरुलाई हौसलाका साथ स्वागत गरे । हामी भने मुखामुख गर्न थाल्यौ । उनीहरुको यस्तो हल्का प्रस्तुती थियो की मानौँ हामी सधैँ भेटभई रहने निकटका साथि हौँ । हामी बसेको भन्दा ठिक अपोजिट सोफामा उनीहरु बसे । विना संकोच उनीहरुले सबैलाई मामा सम्बोधन गरे र छिटोन भन्दै हतारीरहेका थिए । इन्द्रले हतार–हतार केही खुसुक्क भनुला झैँ गरेर जुरुक उठे र एउटीको कान फुके अनी हामीलाई भने–‘साथी हो ल माल छान्नुहोस् हैँ...। मलाई बल्ल झस्का खुल्यो यसले माल भनेको त यो पो रहेछ ?
समय वित्न नपाउदै इन्द्रले जुरुक्क उठेर चार मध्ये बिचकी एउटीको हात च्याप्प समाते उनी जरुक्क उठिन र मुसुक्क हाँसिन । बनावटी हाँसो जस्तै गरेर उनीहरु एक अर्काको अंगालोमा बेरिएर पर्दा पछाडी पसे । हामी तीन मध्येका एक पनि इन्द्रकै सिको गरे झैँ गरेर अर्कौ कोठाको पर्दा भित्र हराए अब हाम्रो नम्बर आइसकेको थियो ।
धेरै समय सुन्यतामा रयो । म मनमनै सोचिरहेको थिएँ, यीनीहरु कसरी यो पेसामा लागे होलान ? यीनीहरुसँग आन्तरिक कुरा खोतल्न सके न्यूज हुनेथियो की ? या हामीलाई यीनीहरुले नामर्द भन्दाहुन... या ... यस्तै खुल्दुली भइरयो ।
सुन्यतालाई तोड्दै दुवैले एकै स्वरमा सोधे– सर, तपाईहरु......? साथी बोल्न नपाउँदै म अघि सरेर भने– हामी ऊ त्यो खुल्ला चौरीको कुर्शीमा जाऊ न है, उनीहरु मुखामुख गरेर हेरिरहे । न कि उनीहरुलाई लाग्दै थियो होला हामीबाट उनीहरुको रोजीरोटी नचल्ने भो । मेरो स्थान टनौटमा उनीहरुको असहजतालाई चिर्दै भएपनि चौरीतर्फ लाग्यौं । चौरीमा सजाइएका टेवल कुर्शीमा हाम्रो बसाई आम्ने साम्नेको भयो । बसाइको क्रमले चौरीमा पनि हाम्रो बसाई जोडी जोडी नै भयो ।
अर्को जोडीले के गफ ग¥यो मैले चासो राखिन । तर मेरो भागमा परेकी उनीलाई मैले सरल रुपमा प्रश्न राख्दै गएँ, उनी छिट्टै भावुक बनिन् र आँशु झारेर भक्कानीदै मेरा प्रश्नको जवाफ दिइरहिन् ।
केहि समयपछि उनले आप्mनो जीवन जीउने बाध्यात्मक कलाको कथा यसरी सुनाइन्– “मेरो बुबा आजभन्दा आठवर्षअघि द्वन्दको वेला बेपत्ता हुनुभयो, बुबा बेपत्ता भएपछि घरमा आमा, म र सानी बहीनी मात्र भयौं, हाम्रो परिवार गरीव थियो, गरीवीका कारण समाजलेपनि हामीलाई हेँला ग¥थ्यो, सानी बहीनीलाई माइजुले पढाइदिन्छु भनेर मावली लानुभयो, त्यो वेला पटक–पटक हाम्रो घर घेरिन्थ्यो, नकाबधारीहरुले बुबाको बयान सोध्थे, थाहा छैन भन्दा म र आमालाई कुट्थे र पालै पालो बलात्कार गर्थे, आमाको आँखा अगाडी म चिथोरिँदा र मेरै अगाडी आमा लुछिँदा पनि निरीह बनेको त्यो समाजले हाम्रो पीडामा चूँ बोल्न सकेन ।
यावत क्रममा समय वित्तै गयो, दुइवर्षपछि मेरी आमालाई पाठ्यघरमा घाउ भएको थाहा भयो, उपचार गर्न जाँदा धेरै पैसालाग्ने भएपछि थप समस्या भयो । मैले आफन्त र नातागोता सबै गुहारेँ तर कसैले सहयोग गर्न चाहेनन्, म आमालाई मर्नदिने पक्षमा पनि थिइँन, म पैसाको खोजिमा भौतारिरहेकी थिएँ । मेरो ठूलोबुबाले हामीसँग भएको घरखेत बन्दकी राख्ने भए उपचारमा खर्च सगाउने आश्वासन दिनुभयो, हामीले स्वीकार्यौ । तर कागजी काम सकेर पूर्जा हातपारेपछि ठूलोबुवाले पैसादिन आलटाल गर्दै जानुभयो, समय सार्दै जानुभयो र अन्त्यमा मैले पैसा दिन छैन, कागज बोल्छ भनेपछि हामीलाई षड्यन्त्रपूर्ण ढंगबाट फसाइएको रहछ । ठूलोबुवाले जे गर्छौ गर भन्दै हामीलाई घरबाट निकाल्नु भयो, ।”
बुबाको अभावमा हामीले धेरै हण्डर बेहोर्नु परेको थियो । आमाको उपचार गर्नू मेरो दायीत्व पनि थियो । म कामको खोजीमा भौतारिएकी थिएँ, त्यहीबेला छिमेकी काकाले मलाई शहरमा काम पाइन्छ भनेर काठमाण्डौं लानुभयो । मलाई एउटा होटलमा काम भनिदिएर काका घर फर्किनु भयो । म त्यही होटलमा भाँडा धुने काम गर्थेँ र आमालाई खर्च पठाउँथेँ । पछि म त्यही होटल मालिकबाटै लुटिएँ । अनि दिनदिनै होटल साहूले ग्राहकको सन्तुष्टीकालागि प्रयोग गरे । एक रातमा नौ दश जनासँग सुत्नुपथ्र्यो । त्यहाँबाट उम्कन मैले पटक–पटक प्रयास गरेँ । तर पालेले समातिहाल्थो । तीन महिनापछि साहू वाहिर गएको मौका छोपेर म भाग्न सफल भएँ । मैले होटलमा भएको ज्यादतीबारे मानवअधिकारबादी र एक महिला प्रहरीलाई पनि सुनाएँ । उनले ठीकै छ म बुझौला भनेकी थिइन् तर प्रहरीले होटलबाट कमिसन लिँदो रहेछ र उनीहरुपनि ग्राहकको रुपमा आउन पाउँदा रहेछन् ।
म आमालाई भेट्न भनेर काठमाण्डौबाट हिँडेँ । त्यही दिन विहान आमाको देहवास भईसकेको रहेछ । अव त म बुवा आमा बेगरकी टुहुरी भएँ । आमाको अन्त्येष्टी सकेर महिला सञ्जाल मार्फत न्याय खोज्न पुन काठमाण्डो आउदै थिएँ । म चढेको गाडी बाटामा पम्पचर भयो । गाडी बनाउन झण्डै तीन घण्टा समय लागेका कारण म काठमाण्डौं ओर्लिदा साँझ परिसकेको थियो । बसपार्कवाट कहाँजाने भनेर म सोचिरहेकी थिएँ । एकजना दिदीले मलाई बोलाइन्, मैले आप्mनो कामवारे बताएँ । उनले आज राती भयो, यतै बसौं भोली सबेरै जानु , भनेपछि म उनीसँगै गएँ । विहान उनले मलाई सहयोग गर्ने आश्वासन दिइन् र सँगै बानेश्वर सम्म गयौं, तर उनले मलाई एउटा होटलमा लगिन र मलाई आँखा छलेर होटल मालिकसँग खासखुस कुरा गरिन् मैले उनले मलाई फसाउन षड्यन्त्र गरेको कुरा सहज बुझिहाले ।
म त्यहाँवाट एउटा बहाना बनाएर वाहिर निस्के र पुलिसको सहायता लिएर महिला सञ्जालको अफिसमा गएँ, मेरो कामवारे सवै बताएँ । तर त्यहाँपनि एकहप्तापछि आउने आश्वासन मात्र पाएँ । मेरो सहारा कोही थिएन । खल्तीपनि रित्तो भइसकेको थियो । अव के गर्ने होला ? सडक पेटीमा उभिएर म सोचिरहेकी थिएँ । दुइभाइ जवान केटाले मलाई फलो गरिरहेका रहेछन्, उनीहरु मेरो छेउमा आए र कहाँ जान लागेको बैनी भनेर सोधे, मैले कामको खोजिमा छु, भनेपछि उनीहरुले एउटा अफिसमा काम लगाइदिने बताए । केहिसमयपछि एउटाले बदाम किन्यो । अर्कोले चिसो किनेर ल्यायो र मलाइपनि बदाम दिए, म भेकाएकी थिएँ, बदाम खायौं । चिसो खान भने तर मैले नखाने भनेपछि मलाई अलिपरको दोकानबाट फ्रुटी किनेर ल्याइदिए । फ्रुटी खाएपछि मलाई रिगटा लागेजस्तो भयो । त्यसमा लट्याउने औषधी मिसाएको रहेछ, म बेहोस भएँछु । म होसमा आउँदा एयरपोर्टको पछाडीको चौरीमा थिएँ । मलाई उनीहरुले बलात्कार गरेर भागेछन् । म पागल जस्तै भएँ, मेरो दिमागले के गर्ने र के नगर्ने छुट्याउनै छाडिसकेको थियो । त्यसपछि मलाई धेरैले प्रयोग गर्दै गए । जताततै हिड्न थालैँ ।
मसँग पौडेर त्रिप्ति लिनेको संख्या एकिन छैन । अहिले मेरो ब्यवसाय नै अर्कालाई सन्तुष्टी दिनु भएको छ । म कहिले पोखरा बसेँ त कहिले विराटनगर, इटहरी र विर्तामोड । मसँग कन्ट्याकमा आउने पछारिने, मलाई चुस्ने र सन्तुष्टी लिने धेरै छन् । कति दोहोरिन्छन् त कति तेहेरिन्छन् । कतिपय चिनेका आउँछन त कति अपरिचित । तर मलाई सवैले फ्रेस माल भन्छन्, त्यो किन हो उनीहरु नै जानुन् । तर अहिलेसम्म मलाई कसैले यसरी सोधेको थिएन । न की मैले बताउन चाहेकी पनि थिइँन ।
आज मलाई तपाईले यसरी सोध्दा मेरो बाबाको याद आइरहेछ, सायद म बाबाको साथ भएको भए मेरो यो कर्म हुने थिएन होला । मेरो बाबापनि मलाई सानामा मायाँ गरेर स्कुलबाट फर्केपछि दैनिकी सबै सोध्नुहुन्थ्यो । म खुलेर बाबासँग यसरी नै कुरा गर्थे ...।”
उनी डाको छाडेर रुन थालिन्, भक्कानीएर मेरो छात्तीमा टाउको राखेर रुँदै भनिन्– प्लिज म तपाईलाई बाबा भन्छु है... ।
(कथा सत्य घटनामा आधारित भएपनि कथाका पात्रको नाम काल्पनिक भएकाले कसैसँग मिल्न गए संयोग मात्र हुनेछ ।)