इटहरी / अपहरण गरि कुटपिट गरेको आरोपमा प्रहरीले इटहरीबाट तीन युवाहरुलाई पक्राउ गरेको छ । पक्रउा पर्नेमा प्रहरी इटहरी ७ का २५ बर्षीय संगित थापा, सोही वठाका १९ बर्षीय अनिष कार्की र वडा नं. ८ का २३ बर्षीय सिद्धार्थ राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शुक्रबार बिहान वडा नं। ८ फुलबारी टोलको प्लटिङमा इटहरी–४ निर्मल श्रेष्ठलाई घरबाट नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी ल्याई कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिनु भयो ।
आँखामा पट्टी बाधेर कुटपिट गदैं गरेको प्रहरीमा सूचना पुगे पछि इलाका प्रहरी कार्यालय इटहरीको टोली परिचालन गरिएको थियो ।
एसपी थापाका अनुसार श्रेष्ठलाई बुधबार दिउसो इटहरी–९ भोजपुरे टोलबाट सिटी सफारीमा हालेर संगित थापाको घरमा लगि रातभर भाग्न उम्कन नदिई आँखामा पट्टी लगाई कोठा भित्र थुनी राखेका थिए । शुक्रबार विहान उक्त स्थानबाट फुलबारी टोलमा लगेर निर्घात कुटपिट गरेको पीडित श्रेष्ठलाई उदृत गदैं प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट आँखामा बाधिएको पट्टी बरामद गरेको छ ।
घटना पैसाको लेनदेनको कारण भएको खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार संगीता थापाको पैसा चलाएको र पछि फिर्ता नदिए पछि ३ जना मिलेर अपहरण गरि कुटपिट गरेको खुलेको छ ।
पीडित निर्मल श्रेष्ठलाई प्रहरीले उद्वार गरी अपहरण गरी बन्धक बनाउने संगित थापा, अनिस कार्की र सिद्धार्थ राईलाई अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूरमा अनुसन्धान शुरु गरेको एसपी थापाले जानकारी दिनु भयो । शुक्रबार नै सुनसरी जिल्ला अदालतवाट दिन ७ को म्याद थप गरि घट्नाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।