धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत जुनियर रेजिडेन्टहरु शुक्रबारदेखि काममा फर्किएका छन् । विहीबार पदाधिकारीहरुसँग जेआर, कर्मचारीहरुबीच भएको वार्ता पछि जुनियर रेजिडेन्टहरु काममा फर्कने भएका हुन् । केही दिनअघि लेखा प्रमुख कमल रायमाझीले डिएम अध्ययनरत डाक्टर विप्लव कार्कीलाई उनकै आवासमा गालीगलौज तथा दुव्यर्वहार गरेको घटना सार्वजनिक भएको थियो ।

उनीहरुले घटना पछि इलाका प्रहरी कार्यालयमा कारवाहीका लागि उजुरीसमेत दिएका थिए । फरारको सूचीमा रहेका रायमाझीलाई कारवाहीको माग गदैं उनीहरुले इर्मजेन्सी र कोभिड अस्पतालबाहेकका सम्पूर्ण सेवा बहिष्कार गदैं आएका थिए । वार्तामा निजले माफी माग्ने, भविष्यमा यस्तो कार्य नदोहोर्याउने प्रतिवद्धता गर्ने, प्रतिष्ठान प्रशासनले पनि सो प्रकृतिको घटना दोहोरिन नदिने वातावरण सुनिश्चित गर्ने, रायमाझीलाई स्पष्टीकरण सोध्ने सहमति भए पछि काममा फर्किएका हुन ।