धरान / यहाँको बिपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धरानकी एक महिलाको मृत्यु भएको छ । धरान–१५ की ४० वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उनलाई गत असार ३० गते सङ्क्रमण पुष्टि भएको थियो । सोही दिन अस्पताल भर्ना भएकी उहाँलाई लिभरमासमेत समस्या थियो ।