धरान / पछिल्लो समय यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखिएको समस्याबारे अध्ययन गर्न आएको जाँचबुझ समितिले दुई दिन लगाएर छलफल गरि काठमाण्डौं फर्किएको छ ।

आवश्यक जानकारी एवं कागजात अध्ययन गरेर मंगलबार साँझ काठमाण्डौं फर्किएको प्रधानमन्त्री एवं मन्त्रीपरिषद कार्यालयका सचिव तथा समिितका संयोजक डा. वैकुण्ठ अर्यालले जानकारी दिनु भयो ।
सोमबार र मङ्गलबार हामीले यहाँको आन्दोलनरत संयुक्त संघर्ष समिति, पदाधिकारी, कर्मचारीलगायत सरोकारवालाहरुसँग छुट्टा छुट्टैरुपमा भेटेर आवश्यक छलफल र जानकारी लिएका छौं । तथ्यको आधारमा प्रतिवेदन तयारी गरि सरकारलाई बुझाउछौं ।’–संयोजक अर्यालले भन्नु भयो । मङ्गलबार दिउसो समितिले स्थानीय पत्रकारहरुसँग पनि छलफल गरेको थियो ।

समितिले प्रतिष्ठानको खरिद प्रक्रियासमेत अध्ययन गरेको छ । कार्यदलसँग सार्वजनिक खरीद अनुगमन कार्यालयबाट खरिदसम्बन्धी कागजपत्र अध्ययन गर्न थप २ विज्ञ उपसचिवहरु सहभागी हुनु हुन्थ्यो ।
समितिले काठमाडौं पुगेर प्रतिवेदन तयारी गरि सरकारलाई बुझानउने छ । सो प्रतिवेदनको आधारमा प्रतिष्ठानमा भएको समस्या अनुसार कारवाही प्रक्रिया अघि बढ्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
यता आन्दोलनरत चिकित्सकहरुले आन्दोलनका कार्यक्रमहरु यथावत राखेका छन् । समितिको प्रतिवेदन सार्वजनिक भई कारवाही प्रत्रmिाय अगाडी नबढेसम्म आन्दोलन जारी राख्ने सयुक्त सङ्घर्ष समितिले जनाएको छ ।