धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएपछि विरामीका आफन्तहरुले अस्पताल तोडफोड गरेका छन् ।
कोरोना संक्रमित धरान १७ की ५४ बर्षीय एक महिलाको सोमबार कोभिड अस्पतालमा दिउँसो साढे ३ बजे मृत्यु भएको थियो । उनलाई असार २७ गते संक्रमण पुष्टि भएको थियो । ३० गते कोभिड अस्पतालमा भर्ना भएको प्रतिष्ठानले जनाएको छ । उपचारको क्रममा कोभिड अस्पतालमा निधन भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणी पोखरेलले जानकारी दिनु भएको छ ।
डा. पोखरेलका अनुसार मृतक घरको बाथरुममा लडेर घाइते भएपछि बिपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । पेटमा चोट लागेकाले साउन १ गते सर्जरी विभागको टिमले हेरर थप उपचारको प्रक्रिय भइरहेको थियो । । प्रतिष्ठानमा नै उपचारको क्रममा कोरोना संक्रमण देखिएको र कोभिड अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
विरामीको अवस्था ठिकै छ भन्दैं गर्दा आकस्मिक मृत्यु भएको खवर आफन्तजनमा चिकित्सकले गरे पछि आक्रोसित आफन्तहरुले उपचारमा लापारवाहीको आरोप लगाउदैं तोडफोड गरेका हुन । डा. पोखरलेलका अनुसार घट्नाबारे सिसिटीभीको फुटेज हेर्ने र उपचारमा भएको व्यवस्थापन हर्ने सहमति भएको र हेर्ने तयारी गदैं गर्दा विरामीको आफन्तहरुले अस्पतालको मुल ढोकाको सिसा र झ्यालको सिसा फुटाएको उहाँले बताउनु भयो । केही व्यक्तिहरु भित्रै प्रवेश गरेर स्वास्थ्यकर्र्मीहरुरुलाई दुव्यवहारसमेत गरेकोे चिकित्सकहरुको भनाई छ । ड्युटी परिवर्तनको समय भएको र भित्र जान पिपिई लगाउदैं गर्दा १० मिनेट ढिला हुँदा प्रतिष्ठानले फुटेज मेटाउन लागेको भन्दैं आफन्तले तोडफोड गरेको डा. पोखरेलले जानकारी दिनु भयो ।
तोडफोड पछि कोभिड अस्पतालमा काम गर्ने चिकित्सक र नर्सहरु त्रासमा रहेको प्रतिष्ठानले जनाएको छ । भित्रै प्रवेश गरेर गालीगलौजसमेत भए पछि अस्पतालको वातावरण त्रासपूर्ण बनेको सहप्रवक्ता पोखरलेले बताउनु भयो ।
तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको विषयमा बुझने काम भईहरको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिनु भयो ।