धरान । धरानकाे विजयपुरस्थित  पिण्डेश्वर वावाधाममा याे बर्षकाे साउने पहिलाे साेमबार भक्तजनकाे उपस्थिति न्यून भएकाे छ ।

काेराेनाका कारण याे साउनमा बाेलबमकाे चहलपहल देखिएन । गत बर्ष पनि बाेलबम मेला लागेकाे थिएन । एक महिनासम्म लाग्ने मेला काेराेना प्रभावले शुन्य भएकाे छ । आज साउनकाे पहिलाे साेमबार फाट्टफुट्ट भक्तजन आएका थिए । मुल गेट बन्द रहेकाले गेट बाहिर  दर्शन गरेर फर्केका छन् ।

देश विदेशबाट यहाँ हजाराै तीर्थ यात्री पिण्डेश्वर मन्दिर दर्शन गर्न आउथे । साउनमा २ कराेड भन्दा बढिकाे काराेवार हुने गरेकाे थियाे । दुई बर्षदेखि मेला काेराेना कहरले  बन्द गरिएकाे बाबाधाम व्यवस्थापन समितिका अध्यक्ष विकाश वनेपालीले जानकारी दिनु भयाे ।

तस्विरहरू: साैरभ श्रेष्ठ

received_875219919742152 received_4654634707914612