काठमाडौं / नेपालमा थप १,८७५ जनामा कोरोनाभाइरस सङ्क्रमण र २१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिवारको तथ्याङ्कअनुसार १०,०६६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये ३,२०८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

कुल परीक्षणको झन्डै १९ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ। स्वास्थ्य अधिकारीहरूले यसलाई उच्च दर भन्दै जोखिम कम नभएको बताउँदै आएका छन्। यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख १४ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,५२७ पुगेको छ।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २५,९५२ जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। तीमध्ये २३,४७७ जना घरमा तथा २,४७५ जना संस्थागत आइसोलेशनमा छन्। सङ्क्रमितमध्ये अहिले ५८३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७६ जना भेन्टिलेटरमा छन्। शुक्रवार पुष्टि गरिएका सङ्क्रमितमध्ये २९९ जना काठमाण्डूमा, १२५ जना सुनसरीमा, ११५ जना मोरङमा, १०१ जना कास्कीमा फेला परेका हुन्। सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डां उपत्यकाका धेरै देखिन्छ। BBC