धरान । धरानकाे बिपी काेइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानकाे बेथिति सुधार अभियानकाे लागि एक महिनादेखि आन्दाेलनरत चिकित्सक कर्मचारीहरूले शनिवार वृहत सिठी जुलुस निकालेका छन् ।
प्रतिष्ठान परिसरबाट भानुचाेकसम्म सिठी फुक्दै जुलुसमा सहभागी भएका थिए । जुलुसमा नागरिक समाजकाे साथ रहेकाे थियाे ।
प्रतिष्ठान सुधारकाे माग राखि चिकित्सक आन्दाेलनमा छन् । सरकारले आन्दाेलनरत चिकित्सकसँग वार्ता गर्न समिति बनाए पनि वार्ताकाे लागि आइपुगेकाे छैन् । साेमबार छलफलकाे तयारी भएकाे बताइएकाे छ ।