धरान / जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षका पाँच सांसदहरुले ठाकुरलाई छाडेका छन् । उनीहरु उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका छन्।

पार्टी कार्यालय बालकुमारीमा बसिरहेको जसपा संसदीय दलको अनौपचारिक बैठकमा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षको बैठकमा ठाकुर पक्ष छोडेर आउने सांसदमा प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाज रहेको बताइएको छ ।

ठाकुर पक्ष केपी ओली सरकारमा सहभागी भएपछि जसपामा विभाजन भएको थियो । उनीहरू यादव पक्षमा आए पछि संसदीय दलमा बहुमत पुगेको उपेन्द्र(बाबुराम पक्षको दाबी रहेको छ ।

जसपा विवादबारे निर्वाचन आयोगले इजलाससमेत गठन गरेको छ। आयोगले गठन गरेको इजलास आइतबार बस्ने कार्यक्रम रहेको आयोगले जनाएको छद ।