धरान / नेकपा एमाले धरान नगर कमिटीले धरानका जनप्रिय जनप्रतिनीधि स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस मनाएको छ ।
शुक्रबार हरियालाी सामुदासियक वन उपभोक्ता समुह परिसरमा भएको स्व. सुब्बाकाे सालिकमा माल्यार्पण गरेर मेयर सुब्बालाई सम्झेका छन् ।
कार्यक्रममा एमालेका माधवकुमार नेपाल पक्ष र केपी ओली पक्ष दुवै समुहको उपस्थिति रहेको थियो । केन्द्रको पार्टी एकताको १० बुदेसहमति अनुसार धरानबाट पार्टी एक भएको सन्देश दिन दुवै पक्ष एक भएर तारा सुब्बा स्मृति दिवस मनाइएको नेकपा एमाले धरान नगर अध्यक्ष नारायण सुवेदीले जानकारी दिनु भयो ।

a5

कार्यक्रममा नेकपा एमाले माधव पक्षका नेता रमेश बस्नेतले धरानबाट नेकपा एमाले एकजुट भएको सन्देश दिएको बताउनु भएको थियो । यस्तै कार्यक्रममा केपी ओली पक्षका नेता विजय राईले पार्टीभित्र अन्तरसंघर्ष हुने भए पनि विभाजनसम्म पुग्न नहुने धारणा राख्नु भएको थियो । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले तारा सुब्बाको स्मरण गर्दै उहाँको योगदानबारे चर्चा गर्नु भएको थियो । नगर अध्यक्ष नारायण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा ओली पक्षीय नगर उपाध्यक्ष सविता चाम्लिङले स्वागत गर्नु भएको थियो ।
सो कार्यक्रम सकिए लगत्तै स्व तार सुब्बाको सम्झानामा धरान उपमहानगरले पनि उपमहानगर परिसरमा कार्यक्रम गरेको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीको उपस्थितिमा उपमहानगरले स्व सुब्बालाई सम्झेको हो ।
नेकपा एमालेबाट स्व. सुब्बाले २०७४ को निर्वाचनामा मेयर पदमा निर्वाचित हुनु भएको थियो । तीन बर्ष अघि साउन १ गते उहाँको निधन भएको थियो ।

a4