धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिना देखि जारी शुद्धिकरण आन्दोलनमा ऐक्यवद्धता जनाउन डा. गोविन्द केसी आज धरान आउनु भएको छ ।

जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै डा केसीले नेताहरुको लगानीमा खुलेका निजी संस्थाहरुलाई लाभ पुग्ने गरि सार्वजनिक संस्थानहरु दोहन गरेर धारासायी बनाउन ेकामको विरोध गर्नु भयो ।
आन्दोलनलाई बुधबार दिउसो सम्बोधन गदैं सरकारी तथा सार्वजनिक संस्थाहरुलाई धरासायी बनाउनकै लागि अयोग्य र भ्रष्ट कार्यकर्ताहरुलाई पदाधिकारीमा नियुक्त गर्ने गरेको बताउन ुभयो ।

उहाँले वीपी प्रतिष्ठानका पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने पनि माग गर्नु भएको छ । डाक्टर केसीले विश्वविद्यालय तथा सार्वजनिक संस्थानहरुमा नियुक्त हुने पदाधिकारीहरुको मापदण्डबारे बनेको समितिले प्रतिवेदन बुझाइसकेको तर ऐनकोरुप दिन नेताहरुले नचाहेर कानुन मन्त्रालयमा चन्काइएको जानकारी गराउने भयो । आफ्ना भ्रष्ट, अयोग्य कार्यकर्ताहरु भर्ति गर्न नपाइने भएपछि ऐन नबनेको उहाँको भनाई थियो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुद्धिकरण आन्दोलन जारी राखेको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएको छ ।

215270483_4518761261490432_6349018795874120078_n

४८ घण्टा भित्र माग पुरा गर्न नयाँ प्रधानमन्त्रीलाई पत्र
प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आन्दोलनरत संघर्ष समितिले पत्र पठाएको छ ।
समितिले पदाधिकारीहरुसँग वार्ता नगर्ने आफुहरुको अडान रहेकोले हस्तक्षेपकारी भुमिका खेल्न भनेको छ । समितिले ४८ घण्टाभित्र मागहरु पुरा नभए साउन १ गते देखि बिहान ८ बजेदेखि १० बजेसम्म आकस्मिक सेवा, कोभिड उपचार र पूर्वनिर्धारित परीक्षा कार्यक्रमबाहेक सम्पुर्ण सेवाहरुमा अवरोध गर्ने चेतावनीसमेत दिइएको छ ।

आफुहरुले राखेको मागहरु सम्बोधन नभएसम्म आन्दोलनबाट पछि नहट्ने पनि संघर्ष समितिले भनेको छ । समितिले ४८ घण्टाभित्र प्रधानमन्त्री तहबाटै सचिवस्तरीय वार्ता कमिटि गठन गर्न उनीहरुको माग रहेको छ । असार १५ गते वार्ताको क्रममा उपकुलपति मदिरा पिएर आएको भन्ने घटनाबारे निष्पक्ष छानबिन गर्न, दोषी देखिए कारबाही गर्न र उपकुलपति प्राध्यापक भए नभएको सत्यतथ्य जानकारी गराउन पनि पत्रमा उल्लेख गरिएको छ ।