धरान / प्रदेश १ को आधुनिक शहर धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो सयमदेखि धरानको मुटु भानुचोकबाट बस र्पाक सञ्चालन हुदैं आएको धरानले अव भने सुविधा सम्पन्न स्पार्ट बस पार्क पाउने भएको छ । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनि विच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

निर्माण व्यवसायी गिताञ्जली जेभि दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरेको हो । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकिय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनिसँग सम्झौता पत्रमा हस्ताक्षर भएको धरान उपमहानगरपालिकाका बरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
धरान ८ स्थित तीनकुने शुन्दर बस्ती विकास आयोजनाको मल्टिप्रपोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो ।
ठेकेदार कम्पनिले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडी बढाउने इञ्जिनियर श्रेष्ठले बताउनुभयो । इञ्जिनियर श्रेष्ठका अनुसार बसपार्क २३ करोड १५ लाख ३ हजार २ सय ९६ रुपैयाँ ४६ पैसामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनिसँग सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ३ वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ५० प्रतिशत नेपाल सरकारको अनुदान र ५० प्रतिशत उपमहानगरको आन्तरिक श्रोतबाट बसपार्क निर्माण गर्न लागिएको हो ।
मेयर तिलक राईले उपमहानगरपालिकाले लामो समयदेखि थाति रहेको योजनालाई सम्झौता गरेर अगाडी बढाउन पाएको बताउनुभयो । धरानको विकास र समृद्धिको लागि विगत लामो समयदेखि बसपार्क निर्माण योजना थियो ।
उपमेयर मञ्जु भण्डारी कार्यबहाक मेयर भएको बेला दुई बर्ष अघि तामझामका साथ शिलान्यास गरिएको भए पनि जग्गा विवादका कारण निर्माण कार्य अगाड िबढ्न सकेको थिएन । उपमेयर भण्डारीको पहलमा केन्द्रसँग समन्वय गरेर बस पार्क निमार्ण गर्न लागिएको हो ।

यस्तो बन्दैं छ संरचना
योजना तथा इञ्जिनियरीङ महशाखा प्रमुख सुरज श्रेष्ठले आयोजनामा बसपार्कको लागि मात्र ३० कट्ठा जमिन छ । त्यसबाहेक सेल्स प्लटमा थप ५ कट्ठा हाराहारी खाली जग्गा पनि रहेको छ । बस पार्कका लागि ड्रेन र एजिङको काम पहिले हुने छ । वरिपरी पक्की सडक बन्ने छ ।
डीपीआर अनुसार स्मार्ट बसपार्क बेसमेन्टसहित तीन तलाको हुनेछ । बेसमेन्टमा २ सय ओटा साना गाडी र १५० ओटा मोटरसाइकल अट्ने पार्किङ रहनेछ । यस्तै, भुइँतलामा ४९ बस अट्ने क्षमता हुनेछ, जहाँ १२ ओटा विभिन्न रूटमा जाने गाडी राख्नेगरी डिजाइन गरिएको छ । बसपार्कको तेस्रो तलामा यात्रु लक्षित संरचना हुनेछन् । यस तलामा क्याफे, लाइब्रेरी र व्यापारिक कोठाहरू रहने डीपीआरमा उल्लेख छ ।

dharan DPR