धरान / जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी प्रमुख फेरिएको आइतबार १३ औं दिन भएको छ । धरानमा डिएसपीको रुपमा विगतमा काम गर्नु भएको एसपी सञ्जयसिंह थापा सुनसरीको कमाण्डार भएर आउनु भएको छ । धरानमा हुँदा टोले दादागिरी, कुण्डले मुण्डलेहरुलाई तह लगाएर चर्चामा आउनु भएका थापाले सुनसरी आए पछि ११ जिल्लाको भूगोल, बस्तुस्थितिबारे अध्ययन गरेर शनिवार सुनसरीमा कार्यरत पत्रकारहरुसँग छलफल गर्नु भएको छ ।
उहाँले पत्रकारहरुसँग जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गराउन सुझावसमेत लिनु भएको छ ।

सुनसरीको प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हालेको १२ औँ दिनमा जिल्ला प्रहरी कार्यालयमा पत्रकारसँगको भेटमा प्रहरीहरूले प्रदान गर्ने सेवा छिटो छरितोका साथसाथै अनुशासित हुनुपर्ने र अव सुनसरी नेतृत्वले त्यो पोलिसिङ अपनाउने बताउनु भयो ।

‘मेरो कार्यकालमा प्रहरी सेवा छिटो र छरितो हुनेछ । आफ्नो कार्यकालमा जिल्लामा घटना भएको ५ मिनेटमा नै प्रहरी घटनास्थलमा पुग्ने खालको कार्ययोजना बनाउँछु तर, घटनामा बिचौलियाहरूको हाबी हुनु भएन ।’–एसपी थापाले भन्नु भयो–‘तस्करीसँगको प्रहरीको अवैध सम्बन्ध तथा प्रहरी कार्यालयमा बिचौलियाहरूको हाबी अव हुदैंन ।’
सुनसरीको दक्षिणी क्षेत्र तस्करीको समस्या तथा उत्तरी क्षेत्र लागुऔषध तथा गाँजा ओसारपसारका समस्या प्रमुख भएको आफुले पाएको उहाँले बताउन ुभयो । नियन्त्रणका लागि प्रहरीले कार्ययोजना बनाएर अघि बढ्ने उहाँको प्रतिवद्धता थियो ।

नागरिकहरू पनि बिना बर्दीको प्रहरी भएकाले सुशासन समाजको निमार्ण गर्न नागरिकहरूले प्रहरीहरूलाई सूचना तथा जानकारी दिएर पनि सहयोग गर्न उहाँले अनुरोध गर्नु भएको छ । नागरिकको सूचनामा पाहुच पु¥याउन प्रहरीको छुट्टै सञ्चार डेक्स भएको र पत्रकारहरुलाई सूचनाका लागि डेक्सले विवरण उपलब्द गराउने बताउनु भयो ।

छलफलमा पत्रकारहरूले कसैको दबाब र प्रभावमा नपरी काम गर्न जिल्ला प्रहरी प्रमुख थापालाई सुझाव दिनु भएको थियो । सूचना, समन्वय र सुरक्षा यि तीन कुरालाई सुनसरी प्रहरीले ध्यान पु¥याउन पत्रकारहरुले सुझाएका थिए ।