काठमाडौं / एन्जेल डी मारियोले गरेको एकमात्र गोलमा ब्रजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि हात पारेको छ । अर्जेन्टिनाले ब्रजिललाई रियो डी जेनेरियोस्थित उसकै घरेलु मैदान माराकाना रङ्गशालामा १–० को अग्रताले पराजित ग¥यो ।
विश्वको फुटवलमा शक्तिशाली नै मानिएको ब्राजिललाई हराएर अर्जेन्टिनाले २८ वर्षपछि यो उपाधि हात पारेको छ ।

रोड्रिगो डी पाउलले दिएको लामो पासमा डी मारियोले बायाँ खुट्टाले गरेको दुई ‘टच’ सुन्दर ढङ्गले गोलमा परिणत भएको थियो। डी मारियो यो खेलका हिरो सावित हुनु भयो ।
खेल सकिएको फाइनल सिट्ठी बजे लगत्तै मेस्सी र उहाँका अर्जेन्टिनी साथीहरुले ७ हजार ८ सय दर्शक उपस्थित रङ्गशालामा लामो समय खुसीयाली मनाएका थिए ।
खेल जीवनको उत्तरार्द्ध तिर ढल्दै गरेको भनिएक‍ा विश्वका महान्‌तम खेलाडीको सूचीमा गनिएका ३४ वर्षीय मेस्सीको यो राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो।

ःयसअघि आफ्नो टोलीलाई २०१४ को विश्वकप फाइनलसम्म पुर्‍याउन सफल भए पनि टोली जर्मनीसँग पराजित भएको इतिहास छ । प्रतियोतियाभर ४ गोल गरेका मेस्सी प्रतियोगिताको उच्च गोलकर्ता समेत बन्नु भएको छ ।