धरान / धरानबाट प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । १ नं. प्रदेश प्रहरी कार्यालय क्षेत्रिय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरुलाई हिजो पक्राउ गरेको हो ।
धरान उपमहानगरपालिका – ८ सेउती पुलदेखि पानबारी जाने पिच सडक खण्डमा प्र १–०६–००१ प ००१८ नंं.को मोटरसाइकललाई रोकी चेक जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार धनकुटा –९ का २१ बर्षीय सुदिप राई, सोही स्थानका अर्का २१ बर्षीय सुमन कार्की रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
सुदिप राईले लगाएको पाईन्टको गोजीबाट डाइजेल्याप २ एमएल, एभिल २ एमएल, लुपिजेसिक २ एमएलफेनेरेगन २ एमएललेका ५÷५ एम्पुल गरी जम्मा २० एम्पुल लागूऔषध फेला परेको थियो ।प्रहरीले लागुऔषध र ओसारपसारमा प्रयोग भएको उक्त मोटरसाईकललाई नियन्त्रणमा लिएको छ ।
यस्तै प्ररहीले बुधबार साँझ धरान उप–महानगरपालिका वडा नं. ८ गैरीटोलका सन्तोष लिम्वुको घरबाट ४ ग्राम ब्राउसुगरसहित पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा १ नं. प्रदेश प्रहरी कार्यालय क्षेत्रिय अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट विहीबार म्याद थप गरी अनुसन्धान कार्य थालिएका प्रहरीले जनाएको छ ।