धरान / यहाँको बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
धरान–५ की ५७ वर्षीया महिलाको आज विहान ४ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार मुटुमा समस्या भएका कारण गत असार २३ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म धरानमा कोरोना सङ्क्रमणले ८१ जनाको मृत्यु भएको उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।