धरान / कोरोना प्रभावित तथा आर्थिक बिपन्न ३५ परिवारलाई विलिभर्स इस्टर्न चर्च धरानले बुधवार धरान उपमहानगरपालिका वडा न १३ मा राहत वितरण गरेको छ ।
नेपाल ख्रिस्टीयन समाजका केन्द्रिय सचिव कुबेर गुरुङ तथा वडान १३ का वाडाध्यक्ष नेत्रप्रसाद काफ्लेको उपस्थितिमा कोभिड १९ दोस्रो लहरद्वारा प्रभावित आर्थिक रुपले बिपन्न परिवारलाई चामल, नून, तेल , दाल र मास्क वितरण गरिएको फादर जीवन श्रेस्ठले जानकारी दिनुभयो ।
केन्द्रीय सचिब गुरुङले यसै पनि नेपाल गरिबी मुलुक अझ त्यसैमा कोभिड १९ का कारण आक्रान्त परिवार र समाजलाई अति नै प्रभावित पारेको हुनाले मानवीय सेवाको भावनाले राहत वितरण गरेकोमा चर्चको प्रसंशा गर्नुभयो । वडाध्यक्ष काफ्लेले यस्तो अवस्थमा पनि ३५ परिवारलाई राहत वितरण गरेर चर्चले सराहनीय कार्य गरेको हुदा अब वडा समिति र १३ न वडा भित्र रहेका चर्चको सम्बन्ध भाईचाराको सम्बन्धमा बिकास गर्दै लानु पर्ने बताउनु भयो । अध्यक्ष काफ्लेले सहयोग सानो होला तर यसले दुःखको बेला केही मात्रामा भए पनि मल्हमपट्टी गरेको बताउनु भयो ।
यसरी नै प्रदेश न १ इसाई समाजले सिन्धुपाल्चोक मेलम्चीमा हालै गएको बाढ़ी पहिरोको कारण अति प्रभावित मेलम्ची र हेलम्बुका ५४ परिवारलाई पूर्ण क्षति, आंशिक क्षति र जोखिम गरि तीन समूहमा बिभाजन गरि रु तीन लाख पचास हजार राहत स्वरूप नगद वितरण गरेको जानकारी महासचिव मेहरमान ह्यूज गिरीले विजयपुरखबरलाई बताउनु भयो ।
प्रदेश न १ इसाई समाजका अध्यक्ष बिक्रम बर्णवास येक्तेनको नेतृत्वमा गएको सात जनाको राहत टोलीले स्थानीय चर्च तथा इसाई समाजसंगको सहकार्यमा राहत वितरण गरेको अध्यक्ष येक़्तेनले बताउनुभयो ।

IMG_1279