धरान / धरानका गीतकार रिकेश विश्वकर्माले धरान कै लोकप्रिय कलाकारहरुको स्वरमा देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

मङ्गलबार ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गीतमा लोकप्रिय गायक एपी शेर्पा, जशोदा सुब्बा, सन्देश बम्जन लामा र साजन लामिछानेको स्वर रहेको छ । गीतमा सङ्गीत सुजन रसाइलीले भरेका छन् । गीतको संङ्गीत संयोजन मनोज मोतेले गर्नु भएको छ । उहाँहरु सबै धरानका कलाकारहरु हुन ।
गीत धरानको म्युजिक मिडिया र काठमाडाँैको भोइस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतकार रिकेशले जानकारी दिनुभयो । रिकेशले निर्देशन गरेको म्युजिक भिडियोमा धरानका स्थानीय कलाकारहरुले अभिनय गरेका छन् । भिडियोमा गरिमा डान्स सेन्टरको कोरियोग्राफी रहेको छ । भिडियोको छायांकन र सम्पादन एडम लिम्बूले गर्नु भएको छ ।

आदिवासी जनजातिको पहिचान एवम् समग्र सबै समुदायलाई समेटेर देशप्रति सम्मानस्वरुप गीत निर्माण गरिएको गीतकार विश्वकर्माले बताउनु भयो । म्युजिक भिडियो धरानं वडा नम्बर –११ कार्यालयको संयोजन तथा मकालु कला केन्द्रको प्रस्तुतिमा निर्माण गरिएको हो । देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो वडा न–११ का अध्यक्ष बाबुलाल लामाले मङ्गलबार सार्वजनिक गर्नु भयो ।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा दलित विकास समितिका संयोजक किशोर परियार, कार्यपालिका सदस्य कल्पना थापामगर, वडाका जनप्रतिनिधिहरु किरण राई, कृष्ण रिजाल, पत्रकार महासंघ प्रदेश १ का सचिव देवेन्द्र कार्की, नेकपा एमाले जिल्ला सचिवालय सदस्य एंव समाजसेवी प्रकाश राई, एमाले नगर सदस्य , सुशील सुवेदी, जितराज राई, कमला राईलगायतको उपस्थिति रहेको थियो ।