धरान / सुनसरीको बराहक्षेत्र नगरपालिका –८ शुक्रबारेस्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बु रहेको प्रहरीले जनाएको छ ।
आज बिहान राती १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको को२च ११२ नम्बरको मारुती भ्यान र को २ प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भ्यानबाट लागूऔषध बरामद भएको थियो ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार भेनमा १५० केजी गाँजा, सिटमा राखिएको अवस्था एक थान नक्कली पेस्तोल बरामद भएको थियो । भ्यानमा खोजतलास हुन थाले पछि २ जना भने फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।