धरान / धरान उपमहानगरपालिकामा हालसम्म कोरोना सङ्क्रमणले ८० जनाको मृत्यु भएको छ । गत बैशाख यता यतिको सङ्ख्यामा मृत्यु भएको हो ।
उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सोमबार थप धरान–११ र १५ का दुई जनाको मृत्यु भएको छ ।उनीहरुको बिपी प्रतिष्ठान, विजयपुर अस्पताल र होम आइसोलेसनमा मृत्यु भएको हो । हालसम्म ३ हजार २८० जना सङ्क्रमित छन् । हाल बिपी प्रसितष्ठानमा ८ जना, विजयपुर अस्पतालमा ४ जना र उपमहानगरले हरियाली सामुदायिक वनको भवनमा बनाएको आइसोलेसन सेन्टरमा २ जना सङ्क्रमित रहेका छन् ।
पहिलो चरणको कोरोना सङ्क्रमणमा ७६ जनाको ज्यान गएको थियो । ३ हजार ६१४ जना सङ्क्रमित भएको प्रमुख मेहताले जानकारी दिनु भयो ।

भेरो सेल खोपको दोश्रो मात्रा भोलीदेखि लगाइने
गत जेठ अन्तिम साता कोरोनाविरुद्धको खोप भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई धरान उपमहानगरपालिकाले असार २२ र २३ गते मङ्गलबार र बुधबार दोस्रो मात्रा खोप लगाउने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आज पत्रकार सम्मेलन गर्दै असार २२ र २३ गते दुई दिन भेरो सेलको दोस्रो मात्रा लगाउने जानकारी दिएको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानको छाताचोकस्थित पुरानो अस्पतालमा रहेको स्वास्थ्य चौकी, धरान १५ स्थित श्याम चोक सेवा समाजको भवन र धरान १८ स्थित कार्मेल हाईस्कुलमा खोप केन्द्र रहने छन् ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने खोप अभियानमा यसअघि जेठ २५, २६ र २७ गते भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो मात्रा खोप दिइन लागिएको हो । यसअघि ६० बर्षदेखि ६४ बर्ष उमेर समुहकालाई भेरो सेलको पहिलो मात्रा लगाइएको थियो ।

स्वास्थ्य महशाखाका अनुसार धरानमा यसअघि खोप अभियानको क्रममा २१४४ जनाले भेरो सेलका पहिलो मात्रा लगाएका थिए । उनीहरुको लागि मात्र उक्त खोप लगाइन लागेको हो । त्यसबाहेक थप २ सय खोप यस अघि छुट भएका विष्णुपादुकावासीलाई दिइने बताइएको छ । भेरोसेल पहिलो मात्रा लगाएको २८ दिन अगावै दोश्रो मात्रा लगाउनु पर्ने हुन्छ । चायनबाट आएको भेरोसेल समयमा आए पनि गत फागुनमा पहिलो मात्रा लगाइएको कोभिडशिल्ड हालसम्म उपलब्द भएको छैन् ।
कोभिसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई पनि सरकारले चाडै दोस्रो खोपको व्यवस्था गर्ने प्रमुख मेहताले जानकारी दिनु भयो । भेरो सेलको दोस्रो मात्रा लगाएपछि खोप लगाएको ओरजिनल कार्ड पनि दिइने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका कोल्ड चेन निरीक्षक अधिकृत तारकेश्वर सिंहले जानकारी दिनुभयो । यो कार्ड विदेश यात्रा गर्नको लागि अनिर्वाय बनाइएको छ । कतिपय मुलुकहरुले खोप कार्ड विना प्रवेश निशेध गरेको छ ।

209447402_952086475615258_5719437178514809006_n