सप्तरीको सप्तकोसी नगरपालिकाको मुलुककै एैतिहासिक नगर हो । मुलुककै जेठो चन्द्र नहरको मुहान यही नगरपालिकाको बडा नं. १ मा पर्दछ । यहाँ राणाकालिन ऐतिहासिक भवनहरु रहेका छन् । स्न १९८४ तिर बनेका आकर्षक शैलिका भवनहरुको जिर्णेाद्धार गर्न नगरपालिकाले कुनै कमद नचाल्नु विडम्बना हो ।
इतिहास नयाँ पुस्ताका लागि खुलला किताव हो । यहाँको इतिहास मेटिदै जादाँसम्म नगरपालिकालाई कुनै चासो नहुनु किमार्थ राम्रो होईन। अर्गानिक इटा प्रयोग गरेर विदेशी शैलीमा निर्माण गरेर आधा दर्जन भवन, आवास गृहलगायतका भवन कति पय नामो निशान छैन भने केही जिर्ण अवस्थामा छन् । पुरानै आकास दिने गरि यी भवन जिर्णोद्वार गरि यही भवनहरु देखाएर पर्यटकहरु भित्राउन सकिने सम्भावनलाई नगरपालिकाले वेवास्ता गनुृ हुदैन् ।
भरखरै सम्पन्न नगरसभाले नगरलाई पर्यटनयुत्त पूर्वाधार बनाउने नीति अख्तियार गरेको छ । पूर्बधार निर्माण पर्यटन प्रबर्द्धन बाताबरण संरक्षण सामाजिक सुरक्षालगायत क्षेत्रलाई प्राथमिकतामा राखी योजना र कार्यक्रम बनाइरहेको छ । यस योजनामा राणाकालिन भवनको जिर्णोद्वार गरेर यही भवन देखाएर पर्यटकहरु तान्नु पर्दछ ।