धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्राडा. मोहनचन्द्र चन्द्र रेग्मी र पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालको नाम जोडेर बद्नाम गरेको भन्दैं प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिभिन्न अनलाइनमा प्रतिष्ठानमा छोटो समय करारमा कार्यरत व्यक्तिको हवाला दिदै रजिष्ट्रारको नियुक्तिमा ७ करोड रुपैया बुझाएको भनी आएको समाचारप्रति ध्यानकर्षण भएको रजिष्टार रेग्मीले शुक्रबार नै विज्ञप्ति जारी गरि ध्यानाकषर्ण भएको जनाउनु भएको छ ।
प्रतिष्ठानको रजिष्ट्रार नियुक्तिको प्रक्रिया अनुसार भएको र हरेक प्रक्रियामा भ्रष्ट्राचार देखिने प्रवृतिबाट ग्रसित कुन्ठाग्रस्त मनसायले प्रेरित उक्त सामाजिक सञ्जालको साभार र समाचारमा कुनै सत्यता नरहेको जानकारी विज्ञप्तिमा भनिएको छ । उहाँले आफु नियुक्त भएपछि खरीद प्रक्रियालाई सार्वजनिक खरीद प्रक्रिया अनुसार व्यवस्थित गर्न कोशिस गरेको र रजिष्ट्रार कार्यालय अन्तर्गत हुने पट्के खरीदलाई न्यूनिकरण गरी ई( कोटेशन र ई–टेण्डर मार्फत हुने प्रक्रियालाई बढवा दिएको जानकारी विज्ञप्तिमा भनिएको छ ।
बषौंदेखि आर्थिक तथा अन्य नियमावलीहरु प्रिमार्जन नभएको र हाल परिमार्जनको क्रममा रहेको उहाँले बताउनु भएको छ ।
सार्वजनिक पद धारण गर्दा पालन गर्नु पर्ने कानुनप्रति प्रतिवद्ध भएको जनाउदैं आफु माथि हुने जुनसुकै छानविनको प्रक्रियामा सहयोग र प्रतिवद्धता हुने उहाँले बताउनु भएको छ ।