धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रतिष्ठानको शुद्धिकरणको अभियानमा चिकित्सक, विद्यार्थी एवं कर्मचारीहरु सडकमा उत्रिएका छन् । आन्दोलनको २० दिन बिपी प्रतिष्ठानदेखि व्यानरसहित धरानको भानुचोक पुगेर प्रर्दशन गरे ।
प्रायः राजनीतिक दलहरुले कोणसभा गर्ने स्थान भानुचोकमा आइतबार भने सेतो कोट लगाउने प्राज्ञिकहरुको भीडभाड भयो । सेतो कोट लगाउनेहरु आन्दोलनको कार्यक्रम लिएर विरोधमा हिडेको विरलै पाइन्छ । तर प्रतिष्ठानमा यस्ता आन्दोलन अनौठा हुन छाडेका छन् ।
राजनीतिक हस्तक्षेपले शिक्षा र स्वास्थ्य क्षेत्रमा फैलिएको जालो हटाउन चिकित्सक सडकसम्म पुग्नु पर्ने अवस्था यहाँ आएको छ । बर्षौदेखि राजनीतिकरण र अनियमितताले प्रतिष्ठान जेलिएर विरामीले न्युनतम सुविधा नै नपाउने स्थिति सृर्जना भए पछि चिकित्सकहरु सडकमा निस्किएका हुन् ।
२० दिनदेखि उपकुलपतिको कार्यालयदेखि प्रतिष्ठानको मुलगेटसम्म ¥याली निरन्तर थियो । आइतबार उपकुलपति कार्यालयबट शुरु भएको ¥याली प्रतिष्ठानको मुल गेट, बुद्ध चोक हुँदै भानुचोक पुग्यो । प्लेकाड, व्यानर लिएर सभ्य तरिकाले आन्दोलनमा उत्रिए । भानुचोकमा उनीहरुले मौन जुलुस गरे । जुलुस पुन प्रतिष्ठान मै फर्किए उनीहरुले विरोध सभा गरे । आफ्नो मागहरु राखे । पदाधिकारी र राज्यलाई सुनाए । यो आन्दोलनमा पूर्व विद्यार्थीहरुसमेत सहभागी भए ।
शिक्षा तथा स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्य, प्रतिष्ठानको बेथिति सुधार उनीहरुको प्रमुख माग छन् । शिक्षा तथा स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्य, प्रतिष्ठानको बेथिति सुधारका लागि ती आम नागरिकको चासोका माग पुरा गराउन सयुक्त संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन ।
प्रतिष्ठान ओरालो लाग्दै गरेको पहिलो चरण तिर सन् २०१२ मा राजनीतिकरण, अनियमितता र बेथितिबारे बहस भएको थियो । स्वास्थ्यमन्त्रीलाई व्रिफकेस बुझाएर उपकुलपति हनु भएको तत्कालिन उपकुलपति प्राडा. विपी दासको पाला मै यि विषयको उठान भएको थियो । विद्यार्थी, चिकित्सकहरुले २१ दिन आन्दोलन गरेका थिए । त्यस बेलाका विद्यार्थीका कमाण्डार डा. मधुर बस्नेत पनि हुनु हुन्थ्यो । झण्डै ९ बर्ष पछि त्यही बेथिति, अनियमितताको विरोधमा आवाज उठाउन यति बेला पनि डा. मधुर बस्नेत सहभागी हुनु हुन्छ ।
यहाँका चिकित्सक, विद्यार्थी, कर्मचारीको माग पुरा गर्न उपकुलपति डा. ज्ञानेन्द्र गिरी गैरजिम्मेवार भएको भन्दैं उनीहरुले चारै पदाधिकारीहरुको राजीनामा माग गदैं आन्दोलन जारी राखेका छन् । असार १५ गते हुन लागेको वार्ता उपकुलपति गिरीले भड्काएको भन्दैं पदाधिकारीहरुसँग वार्ता नगर्ने कुलपति, सहकुलपति स्तरको वार्तामा मात्र बस्ने अडान आन्दोलनरत पक्षले लिए पछि प्रतिष्ठान यति बेला अस्तयस्त बनेको छ । चारै पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाइएको छ । उपकुलपति गिरी मादक पदार्थ सेवन गरेर वार्तामा बसेको आरोपमा असार १५ को वार्ता भाडिएको थियो । असार १६ गते उपकुलपति गिरीले विज्ञप्ति निकालेर वार्ताको पुन आवहा्न गरे पनि आन्दोलनरत पक्ष वार्तामा बसेको छैन् ।