धरान / तीन दिनदेखि पूर्वी पहाडी क्षेत्रमा निरन्तर पानी पर्दा सप्तकोसी नदीमा पानीको वहाब बढेको छ । सप्तकोशी नदिमा शनिबार बिहान ९ बजेको पछिल्लो मापनअनुसार पानीको बहाव २ लाख ३१ हजार ६५५ मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।
सप्तकोशी नदिमा पानीको सहत बढेपछि कोशी ब्यारेजका ५६ वटा ढोकामध्ये अहिले २९ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जय सिंह थापाले जानकारी दिनु भयो ।
कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म पानीको बहाव सामान्य मानिन्छ । पानीको बहाव उच्च भए पछी स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउदा ७ हजार ५ सय ६३ परिवार विस्थापीत भएका थिए ।

सुनसरीको दक्षिण क्षेत्र ढुवानको उच्च जोखिममा
अविरल आएको पानीले सुनसरीका दक्षिण क्षेत्रका गाउँ उच्च जोखिममा परेका छन् । एसपी थापाका अनुसार सुनसरीको भोक्राहा, इनरुवाको ४ नं. वडाको मरिक बस्ती ढुवानमा परेका छन् । यस्तै इटहरीको खनारमा ट्याङ्ग्रा खोला पसेर ढुवाएको छ । हालसम्म ठूलो समस्या नभएको तर यही रफ्तारमा बर्षा भइरहे सुनसरीका धेरै स्थानका वासिन्दा विस्थापित हुने अवस्था आउने एसपी थापाले जानकारी दिनु भयो ।
इटहरीस्थित बुढि खोला , टें्या«्रा खोला, खेती खोलालगायत अन्य खोलामा आएको बाढी वस्तीमा पसेपछि अधिकांश इटहरीको केही भाग डुबानमा परेको छ । इटहरी ८, १० र ११ वडाहरु डुवानमा परेका छन् । पैनी आसपास बस्नेहरुलाई सर्तक रहन प्रहरी प्रशासनले आग्रह समेत गरेको छ ।