धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले काठमाडौंमा आर्थिक, नीतिगत र कोभिड सम्बन्धी विविध कार्यहरुको सन्दर्भमा छलफल एवं सहयोगको लागि विभिन्न सरकारी निकायहरुमा व्यस्त हुदा र धरान आउने वितिकै वार्तामा बस्दा आफु भौतिक र मानिसक चिन्ताले शारीरिक अवस्था कमजोर भएको महशुस गरिरहे पनि वार्तामा बसेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । शारीरिक र मानसिक अवस्थामा आफु तयार नभए पनि समस्या तत्काल समाधान गर्नु पर्ने अवस्थामा आफु वार्तामा बसेको उहाँले प्रष्टाउनु भएको छ ।
औपचारिकरुपमा वार्ताको लागि पहल भइरहेको र वार्ताकै माध्यमबाट छिट्टै परिस्थिति सामान्य हुने उहाँले बताउनु भयो ।
हाँले यस घट्नाले प्रतिष्ठानको छविमा आँच पुग्न गएकोमा दुःख पनि व्यक्त गर्नु भएको छ । समस्याको सकरात्मक निकासको निम्ति प्रतिष्ठानकोतर्फबाट आफू जहिल्यै तयार रहेको बताउनु भएको छ ।

डा. ज्ञानेन्द्र गिरीले आन्दोलनरत संषर्घ समितिसँगको वार्तामा आफु मादक पदार्थ सेवन गरेर नआएको समेत प्रष्ट पार्नु भएको छ ।
उपकुलपति गिरीले सञ्चारमाध्यममा मादक पदार्थ सेवन गरेको भनेर प्रकाशित समाचारहरुबारे बुधबार राती विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

वार्ताको क्रममा आफुले कसैलाई कुनै पनि प्रकारको दुव्यवहार नगरेको उहाँले बताउनु भयो । उपकुलपति गिरीले आफ्नो व्यक्तिगत चरित्र हत्या गर्ने गरि परिस्थितिको गलत ढंगले व्याख्या ग।ेको प्रति खेद प्रकट गर्नु भएको छ ।
मङ्गलबार दिउसो आन्दोलनरत चिकित्सक, कर्मचारी, विद्यार्थीहरुसँगको वार्तामा उपकुलपति अस्वाभाविक रुपमा प्रस्तुत भएको भन्दैं चिकित्सकहरुले वार्ता छाडी आन्दोलन गरेका थिए । उनीहरुले चारै जना पदाधिकारीको राजिनामा तथा मापसे परीक्षण गर्नुलगायतको माग गदैं राती ९ बजेसम्म उपकुलपतिको कार्यकक्षमा पदाधिकारीहरुलाई थुनेका थिए । तर प्रहरीले हस्तक्षेप गरि पलदाधिारीहरुलाई सुरक्षति रुपमा घर पु¥याएको थियो । आन्दोलनरत चिकित्सकहरुले बुधबार चारे पदाधिकारीहरको कार्यकक्षमा ताला लगाई दिएका छन् ।