धरान / गायक डिल्ली फोम्बोले लिम्बु भाषाको ू फुङ्गवा साम्लो ू बोलको गीत सार्वजनिक गर्नु भएको छ । दिलसिंह मेयांग्बो ९मेनिनम्यांग ० को रचनामा गायक फोम्बोकै संगीतमा तयार भएको गीतमा लिम्बु समुदायको मुन्धुममा बर्णन गरिए अनुरुप बिभिन्न फुलहरुलाई मानब जीवनका बिभिन्न पक्षहरुसँग प्रतिकको रुपमा बर्णन गरिएको छ।
मुन्धुममा बर्णन गरिए अनुसार सिल्लरी ९धनियाँ ० फुल मानब चोलाको प्रतीकात्मक फुल हो भने बाबरी फुललाई अनिक्ष्ट प्रेतात्माको फुलको रुपमा लिइन्छ। त्यसै गरी पट्पटे फुललाई तन्नेरीहरुको प्रतिक फुलको रुपमा लिइन्छ। मुन्धुममा यस्तै अन्य अनेकौं फुलहरुलाई बेग्लाबेग्लै प्रतीकको रुपमा बर्णन गरिएको हुन्छ। तर सबैलाई छोटो गीतमा समेट्न असम्भव भएको कारण केहि मुख्य फूलहरुको मात्र यो गीतमा बर्णन गरिएको गायक डिल्ली फोम्बोल ेबताउनु भयो ।
अपार रेकर्ड्समा रेकर्ड गरिएको गीत सम ( समीरको संगीत संयोजनमा तयार भएको हो भने एडम लिम्बुले भिडियो सम्पादन गर्नु भएको छ । भविष्यमा पनि आफ्नो भाषा संस्कृतिको गीतहरु निकाल्दै जाने गायक गायक डिल्ली फोम्बो बताउँनु हुन्छ ।