धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहित प्रतिष्ठानका पदाधिकारीहरूलाई आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले मङ्गलबार उपकुलपतिको कार्यकक्षमा थुनेका छन् ।
प्रतिष्ठानको बेथिति अन्त्यको लागि दुई सातादेखि चिकित्सक, कर्मचारीहरु आन्दोलनमा थिए । सोमबार मात्र धरान आउनु भएको उपकुलपतिसँग आज साढे तीन बजे वार्ता गर्ने मिति तय भएको थियो ।
आन्दोलनरत समूहलाई वार्तामा बोलाए पछि संयुक्त सङ्घर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलको नेतृत्वमा उपकुलपतिको कार्यकक्षमा वार्ताका लागि तीन जना पदाधिकारीसहित बसेका थिए । तर बोल्ने क्रममा उपकुलपति गिरीको बोली लर्वरिए पछि रक्सी खाएर मातेका उपकुलपतिसँग वार्ता हुन नसक्ने भन्दैं बाहिरिएका थिए ।
उपकुलपति गिरी ठिकसँग नबोल्नु भए पछि आन्दोलनरत चिकित्सकहरु बाहिर निस्किएर सबै पदाधिकारीहरुलाई उपकुलपतिको कार्यकक्षमा थुनेका छन् । मादक पदार्थ सेवन गरेको पाइएकोले वार्ता हुन नसकेको वार्तामा सहभागी एक नर्सले जानकारी दिनु भयो ।
बोली लरिबरिएकोले उहाँ मातेर कार्यकक्षमा आएको आन्दोलनकारीहरुले आरोप लगाएका छन् । उनीहरुले उपकुलपति गिरीको मापासे परीक्षण गर्नु पर्ने अडान राखेर उपकुलपतिको कार्यालय अगाडी नारावाजी गरिरहेका छन् ।

वार्ता अघि दुई पछि ज्ञापन पत्र बुझाउन धरान सरोकार समाजका प्रतिनीधिहरुसँग पनि उपकुलपति गिरीले अनौठो व्यवहार देखिएको धरान सरोकार समाजका सदस्य सौरव श्रेष्ठले जानकारी दिनु भयो ।