धरान । धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आज सेमबार को दिन ७० औं मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी सुनसरी क्षेत्र नं १ कमिटिले जननेता स्.व मदन भण्डारीको ७० औं जन्मजयन्ती धरानमा मनाएको छ ।
सोमबार सो अवसरमा भानुचोकमा रक्तदान कार्यक्रम गरेर जन्मजयन्ती मनाएको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोग तथा अभियान, नेपाल केन्पो खुकुरी माशर्ल आर्ट्स संघसँगको सहकार्यमा आयोजित रक्तदानमा १०६ पिण्ट रगत संकलन भएको एकेडेमीका क्षेत्रीय अध्यक्ष चित्र लिम्बुले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्यूनिष्ट पार्टी (एमाले) केपी समुहका केन्द्रिय सदस्य मुरारी सुवेदीले कोरोना महामारीले देशभर रगत अभाव भएको अवस्थामा युवाहरु संगठित भएको संस्थाले रक्तदान जस्तो महत्वपूर्ण परोपकारी र सामाजिक कार्यक्रम आयोजना गरेको भन्दै प्रशंसा गनुृ भयो । कार्यक्रममा नेपाली कांग्रेस धरानका नगरसभापति तथा धरान उपमहानगरपालिकाको नगर प्रमुख तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

208995604_227977745634671_522107937432847992_n