इटहरी । इटहरी नगरपालिकाले ट्याङग्रा खाेलाकाे फाेहाेर निकालेर ४ दिनदेखि बाटाेमा छाडेकाे छ । खाेला सफा गर्ने क्रममा राजमार्गमा रहेकाे ट्याङग्रा पुलदेखि दक्षिण करिव ५ सय  मिटर क्षेत्रमा फाेहाेर थुपारिदा साे क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । शुक्रबारदेखि फाेहाेर थुपारिदा बाटाे अवरूद्ध भएकाे छ । बाटाेकाे फाेहाेर सफा गर्न ढिलाई गर्दा नजिक घर हुनेलाई हिडडुल गर्न समस्या भएकाे स्थानीय श्याम खतिवडाले बताउनु भयाे ।

received_1042862296247458