धरान / सुनसरी जिल्लामा भइरहेको निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले असार २२ गतेसम्म निषेधाज्ञा थपे पनि केही खुकुलो बनाएको हो । प्रशासनले असार १५ गतेदेखि २२ गतेसम्म जोरविजोर प्रणालीबाट यातायात संचालनकाे अनुमति दिएको छ ।
यो अवधिमा खाद्यान्न, तरकारी, फलफुल, डेरी, मासुजन्य तथा बिउविजन बिक्री गर्ने पसलहरु दिनैभरि सञ्चालन गर्न छुट दिइएको छ । यसबाहेकका पसलहरु भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । यस अघि १२ बजेसम्म मात्र संचालन गर्न दिइएको थियो ।
हाटबजार, गुद्री, सुब्जीमण्डीमा भिडभाड हुन नदिने निर्णय गरिएको छ भने कृषि थोक बजार बिहान ४ बजेदेखि बिहान १० बजेसम्म सञ्चालन गर्न दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनु भयो ।
सार्वजनिक यातायातको हकमा निजी सवारी, सिटी सफारी, इ रिक्सासमेतलाई असार १५ गते मंगलबारदेखि २२ गते राती १२ बजेसम्म जोर विजोर प्रणालीमा चल्न छुट दिइने निर्णय भएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।