धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आर्थिक पारदर्शीता र अनियमितताबारे व्यापक जन गुनासोहरु बढे पछि धरान सरोकार समाज काठमाडौंले सरोकारवालाहरुसँग छलफल गरेको छ ।
धरानको विकास निर्माण र धरानप्रति नीति नियम तहमा झकझकाउदैं आएको सरोकार समाजले शनिवारm, नागरिक समाज, पूर्व उपकुलपतिहरु, पूर्व स्वास्थ्य सचिव, पूर्व रेक्टरहरु, बिपीका चिकित्सक, कर्मचारी, पदाधिकारीहरुसहित भच्र्युअल छलफल गरेको हो ।
FB_IMG_1624762488212 समाजका अध्यक्ष प्रभु श्रेष्ठको पहलमा गरिएको छलफलमा बिपी भित्र भएका समास्या र ती समास्य कसरी हल गरेर अघि बढ्ने भन्ने विषयमा सहभागीहरुले धारणा राख्नु भएको थियो । छलफलको सहजिकरण महिला अधिकारकर्मी तथा सरोकार समाजकी सल्लाहाकार सरु जोशीले गर्नु भएको थियो ।
छलफलमा बिपीमा बेथिति बढेको र त्यसलाई समाधान गर्न यहाँका उपकुलपति जिम्मेवार नबनेकाे अधिकांश सहभागीहरुले औलाउनु भयो । छलफलमा यहाँलाई आयोजकले निमन्त्रणा गरे पनि उपस्थित हुनु भएन । पदाधिकारीहरुको गतल प्रवृतिले प्रतिष्ठान धारासायी बनेको सहभागीहरुले बताउनु भयो । नागरिक समाज, राजनीतिक दलहरु जिम्मेवार भएर पदाधिकारीहरुले नघचघचाए प्रतिष्ठान नरहने अवस्था आएको चिकित्सकहरुले सुझाएका थिए । डा. विष्णु पोखरेल, डा. एसपी रिमाल, डा‍ जाेत्स्ना प्रधान डा. पदम नेपाली, डा. रीता पोखरेल, डा. अमृत जैशी, कर्मचारीको तर्फबाट मदन हलवाईले बिपी भित्रका समस्याबारे कुरा राख्नु भयो । डा. राजेन्द्र शर्माले नागरिक आन्दोलन र यहाँका बेथितिबारे प्रष्ट जानकारी राख्नु भयो । यसै गरि पूर्व उपकुलपति डा. शेखर कोइराला, डा. मदन उपाध्यय, पूर्व शिक्षाध्यक्ष प्राडा विक्रम श्रेष्ठले आफ्नो धारणा राख्नु भयो ।
यस्तै सुनसरी क्षेत्र नं. १ का निवर्तमान माननीय मिन विश्वकर्मा, प्रदेश सांसद सावित्री जोशी, पूर्व स्वास्थ्य सचिव चन्द्र घिमिरे, प्रदेश १ का पूर्ण मुख्य सचिव सुरेश प्रधान, अधिवक्ता हरिहर दाहाल, नेपाल पत्रकार महासंघ प्रदेश सचिव देवेन्द्र कार्की, सुनसरी अध्यक्ष जनकऋषी राई, पत्रकार जीवन क्षेत्रीले आफ्नु धारणा राख्नु भयो ।
उठेका प्रश्नहरुको विषयमा शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनाल, रजिष्टार प्राडा. मोहनचन्द्र रेग्मी, अस्पताल निर्देशक प्राडा. गौरीशंकर साह, कोभिड फोकल परसन डा. विकास साहले धारणा राख्नु भएको थियो । पदाधिकारीहरुले विना तयारी उठान भएका विषयमा सम्बोधन नभएको भन्दैं चिकित्सक, कर्मचारीहरु आक्रोसित भएका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रतिष्ठानको नेतृत्वमा पारदर्शीता, जवाफदेहिता नभएको कारण यस्तो समस्या आएको बताउनु भएको थियो ।
धरान सरोकार समाजले छलफलमा उठेका कुराहरुलाई समेटेर र प्रतिष्ठानका बेथितिहरुबारे अझ अध्ययन गरेर प्रतिष्ठानका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री केपी ओली, सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गोपालमान श्रेष्ठ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतलाई चाढै भेटेर ज्ञापन पत्र बुझाइने समाजका अध्यक्ष प्रभु श्रेष्ठले जानकारी दिनु भयो । छलफलमा धरानका राजनीतिक दलहरुका प्रतिनीधीहरुको पनि सहभागीता रहेको थियो ।