धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ दिनदेखि चिकित्सक, कर्मचारी र नर्सहरु आन्दोलनमा छन् । बिपी प्रतिष्ठानमा चरम लापारवाही भएको, अनियमितता मौलाएको भन्दैं धरानका ९ राजनीतिक दलहरु पनि आन्दोलनमा छन् । नागरिक समाजले पनि दवाव समुह बनाएर आन्दोलन गरिरहेको छ । जेठ अन्तिम हप्तादेखि उपकुलपति डा. ज्ञानेन्द्र गिरी भने प्रतिष्ठानमा उपस्थित हुनु भएको छैन् ।
लामो समयदेखि प्रतिष्ठान आन्दोलनले झन अस्थव्यस्थ हुदासमेत उपकुलपति गिरी कार्यालयमा उपस्थित भएर समस्या समाधानमा पहल कदमी नगरे पछि धरानका विभिन्न नौ राजनीतिक दल र नागरिक दबाब संजालले तीन दिन भित्र हाजिर हुन चेतावनी दिएको छ ।
पन्ध्र महिना अगाडि प्रतिष्ठानको उपकुलपति भएर आउनु भएको डा. गिरीले कार्यसम्पादन राम्रोसँग नगरेको, व्यापारीहरुसँगको साँठगाठमा प्रतिष्ठानलाई धारासायी बनाएको भन्द प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र धरान नागरिक दबाब समूहले छुट्टा छुट्टै आन्दोलन गरिरहेका छन् । धरानका नागरिक समाजले प्रतिष्ठान सुधार गर्न माग राखेर हप्तादिनको अल्टिमेटम दिएको र सुधार गर्ने प्रतिवद्धता गरेको भए पनि उपकुलपति गिरी काठमाडौंबाट फकिएका छैनन् ।
शुक्रबार नागरिक दबाब समूह र विभिन्न नौ राजनीतिक दलले छुट्टा छुट्टै विज्ञप्ति प्रकाशित गरी तीनदिन भित्र कार्यालयमा हाजिर हुन चेतावनी दिए । उपकुलपति गिरीले धरानको गहना बिपी प्रतिष्ठानलाई धारासायी बनाएकोले उनलाई जिम्मेवार बन्न हामी स्थानीय राजनीतिक दलहरुको दायित्व भएकाले दवाव दिइएको नेकपा एमाले धरानका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।
नागरिक दबाब संजालका अध्यक्ष डा. राजेन्द्र शर्मा र सचिव कमल तिगेंलाले पनि विज्ञप्ति प्रकासित गरी गिरीलाई तीनदिन भित्र कार्यालयमा हाजिर भएर धराने जनताको मागलाई सम्बोधन गर्न माग गनुृ भएको छ ।
दलहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, राप्रपा, र राप्रपा नेपालसमेत सहभागी छन् ।
यता फ्याकल्टी वेल्फेयर सोसाइटीका निवर्तमान अध्यक्ष विष्णु पोखरेललाई सोधिएको स्पष्टिकरण फिर्ता लिनुपर्ने तथा उपकुलपतिको प्राज्ञिक योग्यताबारे प्रष्ट पार्नु पर्ने, प्रतिष्ठानमा भएको अनिमितता रोक्नु पर्ने, चिकित्सक कर्मचारीको निम्नतम सेवा सुविधा प्रदान गर्नु गर्ने लगायतको माग राखी चिकित्सक कर्मचारी, नर्सहरु ११ दिन देखि आन्दोलनमा छन् । विहीबार सयुक्त संघर्ष समितिले प्रतिष्ठानको समस्याबारे प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । उनीहरुले इलाका प्रशासन कार्यालय धरान मार्फत ज्ञापन पत्र बुझाएका हुन । उनीहरुले चारै जना पदाधिकारीहरुलाई पनि समस्या समाधानका लागि पहल कदमी गर्न ज्ञापन पत्र बुझाएका थिए । आइतबार वृहत प्रर्दशन राखिएको संघर्ष समितिका संयोजक डा. एसपी रिमालले जानकारी दिनु भयो ।