धरान / पछिल्लो २४ घण्टामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका तीन जनाको ज्यान गएको छ ।
धरान–५ का ७९ वर्षी पुरुष, धरान– ११ का ७५ बर्षीय पुरुष र धरान–१३ का ७५ अर्को पुरुषको कोरोना सङक्रमणबाट मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार मुटुको विरामी धरान–५ का वृद्धलाई यही असार १० गते विहान भर्ना गरिएको थियो । आज विहान ४ बजे उहाँको मृत्यु भएको हो ।

धरान ११ का वृद्धलाई असार ७ गते सङ्क्रमण पुष्टि भई अस्पताल भर्ना गरिएको थियो । मधुमेयका विरामी उहाँको हिजो राती मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यस्तै धरान–१३ की ४३ वर्षीय महिलाको हिजो रात िनै मृत्यु भएको थियो । मधुमेय र उच्च रक्तचापको विरामी उहाँलाई हिजो नै अस्पताल भर्ना गरिएको थियो । बैशाख यता कोरोना सङ्क्रमणले प्रतिष्ठानमा हालसम्म १२१ जनाको ज्यान गइसकेको छ ।